२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मेघगर्जनसहित वर्षाको सम्भावना, नदिखोलामा जलप्रवाह बढ्ने मौसम पूर्वानुमान

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

काठमाडौ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ। हाल देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश का सबै भु–भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बांकी सबै भु–भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । हाल देशमा स्थानीय वायुको प्रभावसंगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले बदली संगै पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै संगै मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको साथै हिमाली भु–भागहरुमा हिमपातको समेत संभावना रहेको छ, जसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान जेठ ७ गते (बुधबार) दिउँसोः देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संँभावना रहेको छ। रातीः देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संँभावना रहेको छ। जेठ ८ गते (बिहीबार) दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा पूर्ण बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ। रातीः देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ। जेठ ९ गते (शुक्रबार) दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य र पश्चिमी पहाडि भु-भागमा सामान्यतया बदली रहि बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु साथै मध्य र पश्चिमी पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। रातीः देशको पहाडि भु-भागमा सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडि भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]