०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

लकडाउनमा औषधी बोक्ने ट्रकमा १८ लाख बराबरको ५० बोरा गुटखा पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

एबिसी संचार
सिराहको लाहान जादै गरेको एउटा ट्रकबाट पशुपतीनगरे प्रहरीले ५० बोरा गुटखा बरामद गरेको छ ।
लकडाउनको बेलामा “औषधी ढुवानी” लेखिएको ट्रकमा १८ लाख बराबरको ५० बोरा गुटखा बरामद भएको हो । लकडाउनको बेलामा अत्यावश्यक सेवाको ढुवानी संचालनमा सरकारले नियन्त्रण भन्दा पनि प्रोत्साहन गरेको छ ।
तर औषधी ढुवानीको नाममा लागु औषध बोकेर अत्यावश्यक बस्तुको ओसार पसारलाई समेत शंकाको दायरामा ल्याउने काम भएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहाको टोलीले ना ३ ख ४७८५ नम्बरको मालबाहक कन्टेनरबाट करिब ९ लाख रुपैयाँ बराबरको ५० बोरा गुट्खा पराग, करिब ९ लाख रुपैयाँ बढीको १७ बोरा रजनी गन्धा गुट्खा बरामद गरेको जानकारी दिनु भयो ।
पशुपति ट्रान्सपोर्टले काठमाडौंबाट सिरहाको लहान, सप्तरीको राजबिराजका लागि पठाएको सो कन्टेनरबाट केहमीमात्रामा औषधिजन्य वस्तु मात्रै रहेको तर, बढी चकलेट, मोबाईल सहित इलेक्ट्रोनिक्स सामग्रीहरु फेला पारेको थियो ।
प्रहरी निरीक्षक कुशवाहाका अनुसार बरामद गरिएको सुर्तीजन्य वस्तुसहित सवारी साधनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर नपठाएको छ ।
पछिल्लो समय खाद्यान्न ढुवानी, औषधि ढुवानी, दूग्धजन्य ढुवानीको ब्यानर राखेर कानून विपरितका कार्यहरु गरेको प्रहरीले फेला पार्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!