३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको २२ लाख ४८ हजार रुपैयाँसहित एक पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी संचार
पर्साको छिपरमाई गाउँपालिका ४ बन्जारीबाट बिहिबार एपीएफ टोलीले २२ लाख ४८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बहुदरमाई नगरपालिका ५ बस्ने २५ वर्षिय प्रकाश साह छन् ।
उनलाई सशस्त्र प्रहरी, बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ४३ प २८०२ नम्बरको मोटरसाईकलमा सवार निज साहलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त मोटरसाईकलको ट्याङ्की मुनी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेका निज साहलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक करावाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ रासस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

error: Content is protected !!