०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

कारागारको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार
कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ । भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टिनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टिनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो असार १ गतेदेखि सेनालाई कारागारको सुरक्षाको जिम्मा दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार कोरोनाको सङ्क्रमण बढ्दै गएकाले जिल्लाभित्र जोखिम न्यूनीकरणमा संलग्न संघ, प्रदेश, स्थानीय तहका अस्पताल एवं स्वास्थ्य केन्द्र, सामुदायिक तथा निजी क्षेत्रका अस्पतालहरुबीच थप समन्वय र सहजीकरण गर्न नेपाली सेनाका सहसेनानी डा अल्का मजगैंयालाई तोकिएको छ ।
यसैगरी जिल्लाका क्वारेन्टिनमा रहेका सात हजारभन्दा बढी व्यक्तिमध्ये मुटु रोगी आठ, दीर्घरोगी २१, गर्भवती महिला ४०, क्यान्सर रोगी एक, पाइल्स रोगी एक, हालै शल्यक्रिया गरेका २६, जन्डीसका बिरामी एक र ६० वर्षमाथिका नागरिक ९२ जना गरी २०० जना रहेका छन् ।
कोरोना भाइरसको उच्च जोखिममा रहेका ती व्यक्तिहरुको तत्काल आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएमा कञ्चनपुर जिल्लास्तरीय होम क्वारेन्टिन कार्यविधि २०७७ अनुसार होम क्वारेन्टिनमा पठाउने निर्णयसमेत गरिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए । आरडिटी पोजेटिभ आएमा सम्बन्धित स्थानीय तहमै प्रि-आइसोलेशनमा थप स्वास्थ्योपचारको व्यवस्था मिलाइने भएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]