०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

क्वारेन्टाइनको सुरक्षामा खटिएका दुई प्रहरीमा कोरोना संक्रमण, क्वारेन्टिन सिल

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार
क्वारेन्टिनको सुरक्षामा तैनाथ एक जना असई र हवल्दारमा कोरोना पोजिटिभ देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए।
‘दुई जनामा कोरोना पोजिटिभ देखिएको छ, हामीले अहिले उहाँहरुलाई छुट्टै राखेका छौँ’, नेपालखबरसँग डीएसपी थापाले भने, ‘सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमणले छोएको छ, हामीले अहिले उच्च सतर्कता अपनाउन भनेका छौँ।’
संक्रमण देखिएका प्रहरीहरु ३८ देखि ४० वर्ष उमेरका छन्। कोरोना पोजिटिभ देखिएका असई र हवल्दार महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनको सुरक्षामा कार्यरत रहेको डीएसपी थापाले बताए।
क्वारेन्टिनको सुरक्षामा खटिएका दुई जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएपछि अहिले क्वारेन्टिन सिल गरिएको छ। ‘क्वारेन्टिन सिल गरिएको छ, पछिल्लो समय उहाँहरुलाई क्वारेन्टिनमै बस्ने गर्नुहुन्थ्यो’, डीएसपी थापाले भने।
संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरुलाई अहिले महेन्द्रनगरस्थित आईसीएचको आइसोलेसनमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]