१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

क्वारेन्टाइनको सुरक्षामा खटिएका दुई प्रहरीमा कोरोना संक्रमण, क्वारेन्टिन सिल

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार
क्वारेन्टिनको सुरक्षामा तैनाथ एक जना असई र हवल्दारमा कोरोना पोजिटिभ देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए।
‘दुई जनामा कोरोना पोजिटिभ देखिएको छ, हामीले अहिले उहाँहरुलाई छुट्टै राखेका छौँ’, नेपालखबरसँग डीएसपी थापाले भने, ‘सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमणले छोएको छ, हामीले अहिले उच्च सतर्कता अपनाउन भनेका छौँ।’
संक्रमण देखिएका प्रहरीहरु ३८ देखि ४० वर्ष उमेरका छन्। कोरोना पोजिटिभ देखिएका असई र हवल्दार महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनको सुरक्षामा कार्यरत रहेको डीएसपी थापाले बताए।
क्वारेन्टिनको सुरक्षामा खटिएका दुई जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएपछि अहिले क्वारेन्टिन सिल गरिएको छ। ‘क्वारेन्टिन सिल गरिएको छ, पछिल्लो समय उहाँहरुलाई क्वारेन्टिनमै बस्ने गर्नुहुन्थ्यो’, डीएसपी थापाले भने।
संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरुलाई अहिले महेन्द्रनगरस्थित आईसीएचको आइसोलेसनमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!