२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

यी हुन क्वारेन्टाइनमा महिलालाई सामुदायिक बलात्कार गर्ने अपराधी

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

एबिसी संचार काठमाडौं अहिलेको यस महामारीको समयमा पनि बलात्कारजस्तो जघन्य अपराध गर्ने तीन जनालाई सात दिन थुनामा राखिने भएको छ । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको प्रहरीले जानकारी दिएको छ । यो बीचमा यस घटनालाई लिएर विरोधमा सोमबार पनि कैलालीको लम्की बजारमा प्रदर्शन गरिएको छ ।
आइतबार लम्कीचुहा नगरपालिका–१ को कार्यालयसमेत तोडफोड गरेका स्थानीय प्रदर्शनकारी सोमबार भने दिनभर शान्तिपूर्ण रूपमा विरोधमा उत्रिएका थिए । लम्कीचुहा–१ का वडाध्यक्ष जनक बमले घटना सामसुम पार्न खोजेको स्थानीयको आरोप लगाएका छन् । लम्की बजारको मुख्य चोकमा यातायात आवागमन ठप्प पारेका प्रदर्शनकारीले ‘घटना ढाकछोप गर्नेलाई कारबाही गर, क्वारेन्टाइन भंग गर, दोषीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । लम्कीचुहाका नगर प्रमुख महादेव बजगाईंले घटनाको सत्यतथ्य छानबिन र संलग्नलाई कारबाही गर्न नगरपालिका गम्भीर रहेको बताउँनु भएको छ ।
आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरे पनि अराजक समूहले वडा कार्यालय तोडफोड र स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको आरोप लगाइएको छ । बजगाईंले स्थानीय र प्रदर्शनकारीलाई घटनाको अनुसन्धानमा प्रहरीलाई सघाउन आग्रहसमेत गर्नुभएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक भएको जानकारी गराइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!