१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

लगातारको बर्षाले राप्ती नदीमा पानीको सतह बढयो सतक रहन सिडियोको अग्रह

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७


महेन्द्र सिंह
बाँकेमा राप्ती नदीले खतराको तह पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।
बाढी मापन केन्द्र कुसुममा गरिएको मापनमा बेलुकी ६ बजे पानीको सतह ५ मिटर ६३ सेन्टिमिटर पुगेको छ । पानीको सतह बढ्दै गएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।
दाङ, रोल्पा, प्युठान लगायतका क्षेत्रमा लगातार वर्षा भइरहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]

(एबिसि संचार )                                                              कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा […]

(एबिसि संचार )                                                                ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र […]