२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

बाँकेमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

महेन्द्र सिंह बाँके पूर्व पश्चिम राजमार्ग अन्तर्गत् राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ मा आज दिउँसो सवा १ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएर भएको दुर्घटनामा कार चालक भरतपुर महानगरपालिका १२ चितवनका ४१ वर्षिय कमलराज लम्साल र नवलपरासी पूर्व कावासोती ८ का २२ वर्षीय क्षितिजराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
लम्सालको उपचारका लागि लैजाँदै गर्दा बाटोमा र कुँवरको उपचारका क्रममा मृत्युु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

उदयपुर। बेलका नगरपालिका–४ हरिपुरस्थित भित्री सडक खण्डमा चलिरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृ त्यु भएको छ। प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक खस्दा बालक गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!