२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पोखरामा कोरोनाको शव गाड्ने क्रममा झडप ६ राउण्ड हवाई फायर

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

एबिसी संचार
पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ ।
सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ । घटनामा दुई प्रहरी घाइते भएका छन् भने आठ जनालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीयले टायर बालेर विरोध प्रर्दशन गरेका हुन् ।
मृत्यू भएका व्यक्तिको शव वडा लेखनाथको गगनगौँडा क्षेत्र लामतरास्थित सेती नदी किनारमा गाड्नका लागि एक्स्काभेटर लगेर खाल्डो खन्दैगरेको स्थानीयले थाहा पाएपछि घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेर विरोध प्रर्दशन गरेका हुन् ।
स्थानीयस्तरमा कोरोनाको त्रास बढेको भन्दै कुनै पनि हालतमा आफ्नो क्षेत्रमा शव गाड्न नदिने अडान स्थानीयको छ । अन्य क्षेत्रका सङ्क्रमित आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको भन्दै उनीहरूले आन्दोलन गर्नुपरेको बताएका छन् ।
यसअघि पनि कोरोनाबाट मृत्यु भएका स्याङजाका ५८ वर्षीय पुरुषको शवलाई पोखरा वडा नं. ११ मा व्यवस्थापन गर्न विरोध हुँदा प्रशासनले प्रहरी बल लगाउनुपरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।