२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पोखरामा कोरोनाको शव गाड्ने क्रममा झडप ६ राउण्ड हवाई फायर

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

एबिसी संचार
पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ ।
सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ । घटनामा दुई प्रहरी घाइते भएका छन् भने आठ जनालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीयले टायर बालेर विरोध प्रर्दशन गरेका हुन् ।
मृत्यू भएका व्यक्तिको शव वडा लेखनाथको गगनगौँडा क्षेत्र लामतरास्थित सेती नदी किनारमा गाड्नका लागि एक्स्काभेटर लगेर खाल्डो खन्दैगरेको स्थानीयले थाहा पाएपछि घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेर विरोध प्रर्दशन गरेका हुन् ।
स्थानीयस्तरमा कोरोनाको त्रास बढेको भन्दै कुनै पनि हालतमा आफ्नो क्षेत्रमा शव गाड्न नदिने अडान स्थानीयको छ । अन्य क्षेत्रका सङ्क्रमित आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको भन्दै उनीहरूले आन्दोलन गर्नुपरेको बताएका छन् ।
यसअघि पनि कोरोनाबाट मृत्यु भएका स्याङजाका ५८ वर्षीय पुरुषको शवलाई पोखरा वडा नं. ११ मा व्यवस्थापन गर्न विरोध हुँदा प्रशासनले प्रहरी बल लगाउनुपरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!