१७ मंसिर २०८०, आइतबार
03-12-2023 , Sun
×

IGP ज्ञवाली पहिलो पटक गृह जिल्ला दाङ पुग्दा भब्य स्वागत

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

सागर थापा
नेपाल प्रहरीका आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे सिसहनियाँमा शुक्रबार स्वागत गरिएकाे छ नेपाल प्रहरीकाे आइजिपी पदमा बढुवा भएपछि पहिलाे पटक आफ्नाे गृह जिल्ला दाङकाे सिसहनियाँ आईपुगेका ज्ञवालीलाई स्थानीय बासीहरुले स्वागत गरेका हुन् । सुर्खेतमा नयाँ प्रहरी चाैकी भवन उद्घाटन गरी फर्किने क्रममा दाङको सिसहनियाँमा अनाैपचारिक तथा पारिवारिक भेटघाट गरेका । आइजिपी ज्ञवालीकाे स्थायी घर दाङकाे राप्ती गाउँपालिका-५ सिसहनियाँ हाे । आइजिपी ज्ञवालीलाई सिसहनियाँ प्रहरी चाैकीमा एक अनाैपचारिक कार्यक्रमकाे आयाेजना गरेर स्वागत गरेका थिए । यसैबीच आईजिपी ज्ञवाली शुक्रबार नै काठमाडौं फर्किएको ५. नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी रबिन्द्र धानुकले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सिडिओ श्रवणकुमार पोखरेलले कसैले चाहेर पनि अवैध तस्करी रोक्न नसक्ने बताएका छन् । खुल्ला सीमानाका कारण अवैध चोरी नियन्त्रण गर्न नसकिने उनको भनाई छ । १३ औँ अन्तर्राष्ट्रिय कर दिवसको अवसरमा नेपालगन्जमा आयोजित एक कार्यक्रममा उनले दशगजाको वरिपरि दुई देशका नागरिकको वस्ती भएकोले अवैध […]

  (ABC-Sanchar) काठमाडौं । प्रहरीले तीनकुने र बल्खु क्षेत्रमा सार्वजनिक संचार सेवा रोकिदिएको छ । तीनकुनेमा एमालेको भातृ संगठन युवा संघ र बल्खुमा व्यवसायी दुर्गा प्रसाइको आह्वानमा व्यवस्था परिवर्तनका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् । यी दुवै ठाउँमा प्रहरीले नेटवर्क जामर उपकरण चलाएर मोलाइल नेटवर्क अवरुद्ध गरेको हो । सवारीमा जडान गरिएको यो उपकरणले आफ्नो आसपासका […]

(एबिसि संचार ) काठमाडौं उपत्यकाका धेरैजसो शैक्षिक संस्था आज बन्द भएका छन् । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं समूहले गर्न लागेको शक्ति प्रदर्शनको कारण यातायात सेवा प्रभावित हुने भएपछि स्कुल, कलेज बन्द गर्नु परेको सञ्चालकहरुले बताएका छन् । युवा संघले तीन कुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक […]