०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

DIG अर्यालद्वरा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नव-निर्मीत भवनको उद्घाटन

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

एबिसी क्राईमबिट
पाेखरा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नव-निर्मीत भवनको आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले एक समारोह बिच उद्घाटन गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आफ्नो भवन नभएको अवस्थालाई मध्येनजर गर्दै सुविधा सम्पन्न भवन निर्माण गरि अहोरात्र सेवामा समर्पित प्रहरी कर्मचारी साथै तिनका आश्रीत परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीहरुको औषधी उपचारमा सहजता प्रदान गर्न कास्की जिल्लाको पोखरा महानगरपलिका-०७ मुस्ताङचोक स्थित नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरि स्वास्थ्य सेवा सुचारु गरिएको छ ।
२०७४ साल चैत्र १७ गते तत्कालिन प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्ष कमल सिंह बमले नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट प्रदान भैरहेका सेवाहरुलाई विकेन्द्रिकृत गर्ने उदेश्यले भवनको शिलान्यास गर्नुभएको थियो ।
सोहि अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले शिलालेख अनावरण साथै मुख्य प्रवेशद्धारमा रिवन काटि भवनको उद्घाटन गर्नुभयो । उद्घाटन पश्चात प्रमुख अथिति प्रहरी नायव महानिरीक्षक अर्याल लगायत अन्य अथितिहरुले नव-निर्मीत भवन साथै उपलब्ध स्वास्थ्य उपकरणहरुको अवलोकन गर्नुभएको थियो
उद्घाटन पश्चात समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानरीक्षक अर्यालले प्रहरी कर्मचारीहरुलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रहरी अस्पतालको परिकल्पना गरि २०४० सालमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमान्डौको स्थापना गर्ने तत्कालिन प्रहरी महानरीक्षक स्वर्गीय डि.बी. लामालाई समेत स्मरण गर्दै नव-निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालबाट तल्लो तह सम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले देश र जनताको सेवामा समर्पित प्रहरी कर्मचारी तथा आश्रित परिवालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरि महत्वपूर्ण सुविधाहरुसहित अस्पताल निर्माण भएको प्रति खुशि व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा. नर्मन लामिछानेले हाल जनरल ओ.पि.डि. सहित वार्ड ल्याव र फार्मेशि सेवा दिंदै आएकोमा यसलाई निरन्तरता दिंदै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ लगायतका अन्य सेवाहरु प्रदान गरिने बताउनु भयो ।
भवन सम्बन्धी प्रतिवेदन पेश गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी कार्यालयका टि.एस.टि. प्रमुख प्रहरी निरीक्षक निरञ्जन कुमार सिंहले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट उक्त भवन निर्माण सम्पन्न भएको बताउँदै उक्त भवनमा सोधपुछ कक्ष, ओ.पि.डी., ईमरजेन्सी, स्टाफ तथा सेवाग्राही शौचालय सहित कुल ११०६ वर्ग फिट क्षेत्रफलमा निर्माण सम्पन्न भएको जानकारी गराउनु भयो ।
साथै भवन निर्माण कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको उक्त कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी. लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, भूतपूर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!