१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिक बीच झडप

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

एबिसी संचार
काठमाडौं झापाको नेपाल भारतस्थित सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी झापका अनुसार गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको हो।
गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति नेपाल प्रवेश गर्न हातहतियारसहित आएका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको हो।
सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी झापाले जनाएको छ।
सशस्त्र प्रहरीको केन्द्रय प्रवक्ता प्रवीणकुमार श्रेष्ठले झापामा भारतीय नागरिकहरु रातको समयमा नेपाल प्रवेश गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले उनीहरुलाई भगाएको बताए।
उनका अनुसार त्यसक्रममा दुई प्रहरी घाइते भएको समेत बताए। जिल्ला प्रहरी झापाबाट पनि त्यसक्षेत्रमा प्रहरी खटिएको झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिएका छन्।
यसअघि शनिवार पर्साको ठोरीमा भारतीय नागरिकहरुले सीमा स्तम्भ उखालेर फालेको विषयमा पनि विवाद भएको थियो। सशस्त्र प्रहरीका अनुसार सीमा स्तम्भ १५२ नजिकै घटना भएको थियो। भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मानव समाजको विकाससँगै सामाजिक सेवाको अवधारणा पनि विकसित हुँदै आएको छ। मानिस केवल आफ्ना लागि मात्र होइन, समाजका अन्य सदस्यहरूको हितका लागि पनि जिम्मेवार हुन्छ भन्ने भावना नै सामाजिक सेवाको आधार हो। समाजमा रहेका असहाय, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका तथा विभिन्न कारणले पछाडि परेका समुदायको जीवनस्तर सुधार गर्न गरिने निःस्वार्थ कार्यलाई सामाजिक […]

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङले जेठ महिनाको कामको प्रगति सार्वजनिक गर्न पत्रकारहरूसँग भेटघाट कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक दिपक श्रेष्ठको उपस्थितिमा प्रगति विवरण कार्यालयका प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जेठ महिनाभर प्रहरीले गरेका कामको मासिक रिपोर्ट प्रस्तुत गर्नुभयो। अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी, चोरी-पैठारी […]

error: Content is protected !!