२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिक बीच झडप

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

एबिसी संचार
काठमाडौं झापाको नेपाल भारतस्थित सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी झापका अनुसार गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको हो।
गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति नेपाल प्रवेश गर्न हातहतियारसहित आएका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको हो।
सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी झापाले जनाएको छ।
सशस्त्र प्रहरीको केन्द्रय प्रवक्ता प्रवीणकुमार श्रेष्ठले झापामा भारतीय नागरिकहरु रातको समयमा नेपाल प्रवेश गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले उनीहरुलाई भगाएको बताए।
उनका अनुसार त्यसक्रममा दुई प्रहरी घाइते भएको समेत बताए। जिल्ला प्रहरी झापाबाट पनि त्यसक्षेत्रमा प्रहरी खटिएको झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिएका छन्।
यसअघि शनिवार पर्साको ठोरीमा भारतीय नागरिकहरुले सीमा स्तम्भ उखालेर फालेको विषयमा पनि विवाद भएको थियो। सशस्त्र प्रहरीका अनुसार सीमा स्तम्भ १५२ नजिकै घटना भएको थियो। भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!