१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

दाङमा शनिबार सवारी दुर्घटना हुँदा उपचारको क्रममा २ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

एबिसी संचार दाङ राप्ती गाउँपालिकामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका मध्य २ जनाको ज्यान गएको छ । लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीचोकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका पौने ७ बजे ठक्कर दिदा घाइते भएका ५० वर्षिय गाउँका अगुवा राजकुमार चौधरी र सोही गाउँका रेमलाल चौधरीका ८ वर्षिय छोरा निसान चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिएका छ्न ।
गाउँका अगुवा राजकुमार चौधरीको कोहलपुरमा र बालक निसानको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । सोही घटनामा परेर घाइते अन्य ३ जनाको बुटवलमा उपचार भइरहेको छ ।
घाईते राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षकी बालिका सृष्टि गुरूङ, २२ वर्षकी गौरी चौधरी र उनकी २ वर्षकी छोरी लक्ष्मी चौधरी रहेका छन् । गुरही सेलाउने क्रममा स्कारपियो जिपले ठक्कर दिदा दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]