०६ साउन २०८१, सोमबार
22-07-2024 , Mon
×

मोटरसाईकलले अटो रिक्सालाई ठक्कर दिँदा ३ जना घाईते

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

एबिसी संचार दाङ लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटीमा पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट रहेको रा १ ब २५८ नम्बरको मोटरसाईकल ले रोडक्रस गरेर सोही दिशातर्फ फर्किदै गरेको भे १ ह २६९५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ३जना घाईते भएका हुन्। मोटरसाईकलमा सवार दार्मा गाउँपालिका वडा नम्बर ५ सल्यानका ३० बर्षिय हेमन्त चन्द, सोही ठाउँ निवासी २० बर्षिय सरिता चन्द र लमही ८ निम्बुखुटी निवासी अटो चालक ३४ बर्षिय छुकाम चौधरी घाईते भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । मोटरसाईकल चालक चन्दको छातीमा चोट लागेको छ भने सवार सरिताको खुट्टामा चोट लागेको छ । अटो चालक भने सामान्य रहेको अस्पतालले जनाएको छ। घाईते तिनै जनाको लमही अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना आइतबार दिउँसो १ बजेतिर भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । घोराही सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी बनाउनका लागि विदेशी कोचलाई नियुक्त गरिएको हो । जसका लागि मध्य अफ्रिकाका बार्गा विलफ्रेडलाई फुटबल कोचरको रुपमा नियुक्त गरिएको सभ्यता पाठशालाले जनाएको छ । आफ्ना विद्यार्थीहरूलाई फुटबल खेलमा उत्कृष्ट बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बार्गालाई कोचको रुपमा […]

  कैलाली । गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित हिटन भनिने अतिथि होटलबाट उनिहरु पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । नेपाल प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कोषको रकम आर्थिक वर्ष २०८०र८१ मा झण्डै पौने पाँच अर्ब पुगेको हो । आर्थिक वर्ष २०७९र८० मा कल्याणकारी कोषको रकम चार अर्ब २१ करोड ७० लाख रुपैयाँ थियो । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार […]

error: Content is protected !!