३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

१५ गतेदेखि होटल पर्यटन खुल्दै, कस्तो छ स्वास्थ्य सुरक्षा ?

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

एबिसी संचार
काठमाडौं नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् । तेह्र हजारभन्दा बढी व्यक्ति निको भएर घर फर्किसकेका छन् । तर सङ्क्रमणको जोखिमका कारण गत चैत ११ देखि शुरु गरिएको बन्दाबन्दी भने विस्तारै खुल्दैछ । लामो समयपछि सरकारले यही साउन ५ गतेबाट लामो दुरीका यातायात, हवाईसेवा र शिक्षण संस्था बाहेकका क्षेत्रमा बन्दाबन्दी हटाएको छ । काठमाडौँलाई बन्दाबन्दीबाट खुला गरी आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने रणनीति सरकारले लिएको छ ।
होटल तथा रेष्टुरेन्ट र पर्यटनका सामान्य क्षेत्र यही साउन १५ गतेपछि खुल्दैछन् भने भदौ १ देखि लामो दूरीका सवारी साधनका साथै हवाईसेवा पनि शुरु गर्ने सरकारले जनाएको छ । यद्यपि अझै केही महत्वपूर्ण सार्वजनिकस्थलका साथै सभा सम्मेलन, भोजभतेर, सेमिनारलगायतका कार्यक्रम सञ्चालनको निर्णय हुन भने बाँकी नै छ । नेपाल सरकारका प्रवक्ता डा युवराज खतिवडाले दैनिक जनजीवन नै थप प्रभावित हुँदै गएकाले सहज बनाउन मात्रै बन्दाबन्दी हटाएको बताउनुभएको छ । उहाँको भनाइको आशय जोखिम कम भएर सरकारले बन्दाबन्दी हटाएको होइन भन्ने हो ।
विभिन्न जिल्लामा र काठमाडौँमासमेत पछिल्लो समयमा कोभिड– १९ का सङ्क्रमित देखिने क्रम बढ्दै गएको छ । बन्दाबन्दी हटेपछि आर्थिक गतिविधि चलायमान हुन्छ र मानिसको जमघट बढ्न थाल्छ । सरकारले बन्दाबन्दी खुला गरेसँगै आर्थिक गतिविधि त बढ्छ तर सङ्क्रमणको जोखिम पनि उत्तिकै बढ्ने देखिन्छ । नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की चहलपहल बढ्दा कोरोनाको जोखिम पनि बढी हुनु स्वभाविक हो भन्नुहुन्छ । त्यसैले अझै बढी सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र यातायात र पर्यटन व्यवसाय नै हो । छोटो दूरीका यातायात खुला भएको छ भने साउन ५ को मन्त्रिपरिषद निर्णयले यही साउन १५ देखि पर्यटन, ट्रेकिङ्, ट्राभल तथा पर्वतारोहण पनि खुला गर्ने निर्णय गरिसकेको छ ।
दोस्रो प्रभावित भएको क्षेत्र (लामो दूरीको सार्वजनिक सवारी) पनि भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय आएको छ । भदौ १ देखि विद्यार्थी भर्ना, परीक्षा र शैक्षिक गतिविधिसमेत सञ्चालन हुँदैछ । सोही दिनबाट आन्तरिक र बाह्य व्यावसायिक हवाई उड्यान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । ती क्षेत्रमा मानिसको बढी भीडभाड हुने भएकाले स्वास्थ्य चुनौती बढी हुन्छ र अहिलेको भन्दा अझै सावधानी अपनाउनुपर्छ भन्छन् विज्ञहरु ।
यी हरेक क्षेत्र र व्यवसाय खुला गरेपछि उपयुक्त मापदण्ड लागू गर्न सकिएन भने कोरोनाको महामारी फैलिनसक्ने सम्भावना पनि उत्तिकै बढी छ । त्यसैले अहिलेको पहिलो प्राथमिकता भनेको स्वास्थ्य सुरक्षा मापदण्ड नै हो । यसका लागि पर्यटन क्षेत्रका व्यवसाय पनि चनाखो हुनु जरुरी छ ।
अघिपछि व्यवसाय नखुल्दा, बन्दाबन्दी जारी रहँदा मानिसको भीडभाड कम हुन्थ्यो । जोखिम कम थियो । साउन १५ देखि भने त्यो अवस्था रहँदैन । त्यसैले जति भीडभाड भयो उत्तिकै सावधानी पनि जरुरी छ । त्यसबेला व्यक्तिले मात्रै सुरक्षा मापदण्ड अपनाएर हुदैन । कुनै होटल सञ्चालन गर्नुप¥यो भने होटलका सबै क्षेत्रलाई सङ्क्रमणरहित (डिसइन्फेक्सन) गर्नुपर्छ । अन्य पर्यटन क्षेत्र, सेवा क्षेत्र होस् या अन्य व्यावसायिक क्षेत्रमा पनि यही मापदण्ड लागू गर्नुपर्छ । आउने र जाने मान्छेलाईसमेत ख्याल गर्नुपर्छ । उनीहरुले पनि स्वास्थ मापदण्ड अपनउनुपर्छ । तब मात्रै यसबाट जोगिन सकिन्छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्नका लागि आवश्यक ‘डिसइन्फेक्सन’का क्षेत्रमा काम गर्दै आएको खेम्स क्लिनिङ सर्भिसका अध्यक्ष विश्वास अधिकारी भन्नुहुन्छ, “जति भीडभाड हुन्छ त्यति बढी नै सावधानी अपनाउनुपर्छ, त्यसमा पनि व्यक्तिले मात्रै सावधानी अपनाएर हुँदैन, तोकिएको क्षेत्रफल पूरै सतर्कताको घेरामा पार्नुपर्छ ।” उहाँले भन्नुभयो, “जस्तो कि पशुपति क्षेत्रलाई सुरक्षित गर्ने हो भने प्रवेशद्धारदेखि निस्कनेद्धारसम्म जे जति गतिविधि हुन्छ त्यो सबैमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्छ, कुनै एक स्थान या व्यक्तिमा सङ्क्रमण रहेछ भने ठूलो समुदायमा नै सर्ने भएकोले यो महामारीबाट बच्न अपनाउनुपर्ने सावधानी विशेष खालको हुन्छ ।”
खेम्स क्लिनिङ्ले अहिले पशुपति क्षेत्रलगायत केही अस्पताल, होटल, अन्य सेवा क्षेत्र, व्यावसायिक प्रतिष्ठान, यातायात क्षेत्र, बसपार्कलगायतका स्थानमा स्वास्थ्य सुरक्षा मापदण्ड बमोजिम सरसफाइको काम गर्दै आएको छ । त्यसका लागि उक्त कम्पनीले मापदण्ड तयार पारेको छ र त्यस मापदण्डलाई ती क्षेत्रमा लागू गर्दै आएको छ । नेपाल सरकारले निर्देश गरेको योजनाका साथै विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डलाई समेत ध्यान दिएर सो कम्पनीले स्ट्याण्डर्ड अपरेटिङ प्रासेडिउर (एसओपी) अपनाएको छ ।
सुरक्षित रहन एसएमएस अर्थात ‘सोसिएल डिस्ट्यान्स, सेनिटाइजेसन’ गर्ने र मास्क लगाउने कार्यलाई अनिवार्य शर्तको रुपमा राख्नुपर्छ । मानिसहरु ढोका खोल्नेदेखि समात्ने ठाउँ, कुर्सीमा बसेर टेबलमा कामगर्दासमेत मापदण्ड प्रयोग गर्नुपर्छ । ढोकामा स्यानिटाइजर लगाउँदैमा सुरक्षित हुन सकिँदैन । “त्यसलाई नियमित ‘डिसइन्फेक्टेड’ गरेर मात्रै सुरक्षित हुन सकिन्छ, त्यही मापदण्ड हामीले लागू गरेका छौँ, यो अन्तर्राष्ट्रियस्तरको छ”, अधिकारीले भन्नुभयो । एक पटक प्रयोग गरेपछि ८ घण्टासम्म काम गर्छ । त्यसपछि पुनः तोकिएको मापदण्डको रासायनिक प्रयोग गरेर ‘डिसइन्फेक्टेड’ बनाउनुपर्छ ।
उहाँका अनुसार पशुपति क्षेत्रमा यसको काम अन्तिम चरणमा पुगेका छ । त्यहाँ धेरै मानिस आउनसक्ने भएकाले क्यामरा स्क्यानिङ गरेर त्यसबाट ज्वरो नाप्न मिल्ने स्वचालित प्रविधिको प्रयोग हुँदैछ । साधारण पूजा, विशेष पूजा र जात्राका लागि खोल्ने योजना छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!