२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नागरिक प्रहरी सहयोगबाट समाजमा शान्ति सुरक्षा हुन्छ डिएसपी सिंह

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

तेज वली
दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले नागरिक प्रहरी साझेदारीका माध्यमबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताए । रोटरी क्लब अफ तुलसीपुर सिटिको शुक्रबार सम्पन्न नियमित बैठकमा गेष्ठ स्पिकरको रुपमा उपस्थित भएका डिएसपी सिंहले नागरिक स्तरबाट प्रहरीलाई तत्काल सुचना प्राप्त भएपछि मात्रै तत्काल घटनाहरु नियन्त्रण गर्न मदत पुग्ने धारणा ब्यक्त गरे ।
उनले समाजलाई सुरक्षित बनाउने अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरुमा टोल सुरक्षा समिति गठन भैसकेको जानकारी दिए । अब देखि टोल सुरक्षा समितिले स्थानिय स्तरमा हुने घरेलु हिंसा,चोरी डकैति नियन्त्रण देखि बिभिन्न चेतना मुलक कार्यक्रमहरु समेत प्रहरीसगंको समन्वय र सहकार्यमा गाउ गाउमा अभियानकैरुपमा संचालन हुने उनले बताए ।
उनले अर्को सन्दर्भमा विकसित मुलुकहरुको सिको गर्दै देश विकास गर्न युबाहरुलाई उत्पादनमा लगाउने बाताबरणको सिर्जना गर्नुपर्ने बताए । उनले भने”युवाहरुले जब आफ्नै देशमा परिश्रम गर्छन अनि मात्रै सबैखालका परिबर्तनहरु सम्भब हुन्छन । ” उनले रोटरीले समाजमा गरेको योगदानको समेत प्रशसा गरे । रोटरी क्लब अफ तुलसीपुर सिटिका सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा डिएसपी सिंहको जिवनी र उनको ब्यक्तित्वका बारेमा पूर्वअध्यक्ष तुफानबाबु श्रेष्ठले प्रकाश पारे ।
कार्यक्रममा पूर्व एजि एवम पूर्वध्यक्ष कुशल तर्ताल,नोमिनि प्रेसिडेन्ट यज्ञ बहादुर केसी,पूर्वध्यक्षहरु बिजय केसी,बिमल रिजाल,बिरबहादुर रावत,ललित बहादुर घर्ति,धर्मेन्द्र बैश्य,राजेन्द्र प्रसाद श्रेष्ठ ,पब्लिक डाईरेक्टर राजिब वली लगाएतकाले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सहजिकरण क्लबका सचिब देबेन्द्र केसीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!