२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरी बाँकेले सुर्तीजन्य सहित ३ वटा मोटरसाइकल पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

महेन्द्र सिंह
बाँकेमा सशस्त्र प्रहरीले भारतबाट ल्याउंँदै गरिएको ठूलो परिमाणको सुर्तीजन्य सामग्रीसहित ३ वटा मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बलको नरैनापुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक खडक बहादुर थापाको कमाण्डको टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर ३ को रतैया भन्ने स्थानबाट गएराति १ बजे ५ सय ४१ पोका सुपरपावर सुर्तीसहित तस्करीमा प्रयोग भएका तीन वटा भारतीय मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
बरामद गरिएको सुर्तीजन्य सामग्री र मोटरसाइकलको मूल्य १ लाख ८८ हजार ४ सय ४५ रुपैयाँ रहेको सशस्त्र प्रहरीले बताएको छ । बरामद गरिएका मोटरसाइकल र सुर्तीजन्य सामग्रीलाई आबश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय बुझाइने भएको छ।
सशस्त्र प्रहरी बाँकेमा भर्खरै सरुवा भएर आउनुभएका एसपी अशोक बमले तस्करी रोक्न कुनै कसर बाँकि नराखेर काम गर्न निर्देशन दिंँदै आउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!