१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

सशस्त्र प्रहरी बाँकेले सुर्तीजन्य सहित ३ वटा मोटरसाइकल पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

महेन्द्र सिंह
बाँकेमा सशस्त्र प्रहरीले भारतबाट ल्याउंँदै गरिएको ठूलो परिमाणको सुर्तीजन्य सामग्रीसहित ३ वटा मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बलको नरैनापुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक खडक बहादुर थापाको कमाण्डको टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर ३ को रतैया भन्ने स्थानबाट गएराति १ बजे ५ सय ४१ पोका सुपरपावर सुर्तीसहित तस्करीमा प्रयोग भएका तीन वटा भारतीय मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
बरामद गरिएको सुर्तीजन्य सामग्री र मोटरसाइकलको मूल्य १ लाख ८८ हजार ४ सय ४५ रुपैयाँ रहेको सशस्त्र प्रहरीले बताएको छ । बरामद गरिएका मोटरसाइकल र सुर्तीजन्य सामग्रीलाई आबश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय बुझाइने भएको छ।
सशस्त्र प्रहरी बाँकेमा भर्खरै सरुवा भएर आउनुभएका एसपी अशोक बमले तस्करी रोक्न कुनै कसर बाँकि नराखेर काम गर्न निर्देशन दिंँदै आउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सुनौली-बेलहिया भनेको नेपाल-भारतको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय नाका हो। दैनिक हजारौं पर्यटक, व्यापारी, एम्बुलेन्स, गाडी यही बाटोबाट जान्छन्। त्यस्तो नाकाको बाटो १ महिना “अलपत्र” पारेर राख्नु कुनै पनि हिसाबले उचित होइन। १ महिना सडक अलपत्र राख्दाको समस्या पर्यटकको छवि बिग्रिन्छ विदेशी पाहुनाले नेपाल छिर्नासाथै धुलो, खाल्डो, जाम भेट्छन्। “नेपाल आयो” भन्ने पहिलो अनुभूति नै […]

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

error: Content is protected !!