सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले बाहिर जिल्ला आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृहमन्त्रालयको परिपत्र अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभएको छ ।
काठमाण्डौं तथा अन्य बाहिरी जिल्लाहरुमा अत्यावश्यक कामकाजमा जानकालागि सहजिकरण गर्न वितरण हुँदै आएको सवारी पास नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरीएको छ।
गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको थियो ।