०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

दाङको राप्ती गाउँपालिका एक हप्ताको लागि शिल

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

सागर थापा दाङमा कोरोना संक्रमण रोकथामका लागि राप्ती गाउँपालिकामा एक साता निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकामा भदौ १२ गते राती १२ बजेबाट लागुहुने गरि एक साताका लागि निषधाज्ञा जारी गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर १ को भालुबाङ पुलचोक, पुरानो बजार पाखापानी क्षेत्र, वडा नम्बर ४ को बुडिचौर, मौरीघाट क्षेत्र र वडा नम्बर ८ को कोलहव क्षेत्रमा शिल गरिएको हो । बन्दको समयमा गाउँपालिकामा सम्पुर्ण सार्वजनिक यातायात बन्द हुने भएका छन् । त्यसैगरी अत्यावश्यकबाहेक अन्य सबै क्षेत्र बन्द हुने राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो । रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश […]

कैलाली । नेपाली काङ्ग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । कैलाली-१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल र ४ मा वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन् । यस्तै, कैलाली-५ बाट नारायण शाह उम्मेदवार बनेका छन् । शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्व […]

काठमाडौं । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका हुन्। उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ। कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन्।

error: Content is protected !!