२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

दाङमा १४ गतेदेखि २१ गतेसम्म लकडाउन सम्पूर्ण सवारीसाधन बन्द

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

सागर थापा
दाङमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लालाई आइतबारदेखि एक हप्तासम्म पूर्णरुपमा लकडाउन गरिने भएको छ । घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदायस्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै जिल्लालाई नै लकडाउन गरिने लागिएको हो ।
शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितको बैठकले आइतबार १४ गते राती १२ बजेदेखि २१ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । लकडाउन अवधिमा अत्याश्यक बाहेक सेवाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको राष्ट्रिय अनुसन्धान दाङका प्रमुख टेकराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यान्न बजारहरु पूर्ण रुपमा बन्द हुने भएका छन् । एम्बुलेन्स, दमकल, प्रेसका सवारी साधन बाहेक अन्य सवारी साधन चल्न पाउने छैनन् ।
यस्तै बैठकले जिल्लामा आरटी पिसीआर परिक्षणको दायरा बढाउने निर्णय समेत गरेको छ । परिक्षण रिपोर्ट हेरेर जिल्लामा लकडाउनको अवधि थप गर्ने नगर्ने निर्णय भएको छ । समुदाय स्तरमा कोरोना सं क्रमण फेला परेपछि घोराहीको नारायणपुर क्षेत्र, राप्ती गाउँपालिकाको वडा नम्बर १, ४ र ८ का ५ वटा टोल सील समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!