२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेका पुर्वाधार कार्यालय हाकिम घुस रकमसहित पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र १५, २०७७

महेन्द्र सिंह बाँके पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष कुमार अर्याल घुस रकम सहित पक्राउ परेका छन । सेवाग्राहीवाट रकम लिई बुटवल तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा प्रमुख अर्याललाई ५ लाख ३० हजार घुस सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्यालय प्रमुख अर्याललाई स्रोत नखुलेको उक्त रकम र ३३-१-०९६१ नम्वरको गाडी सहित भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नम्वर ५ बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको हो । प्रमुख अर्याललाई विशेष सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]