१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

नयाँ पैसा सिमित मात्रामा वितरण गर्ने तयारी

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

ABC Sanchar
काठमाडौँ कोराना सङ्क्रमणको बढ्दो जोखिमका कारण यसपालिको दशैँमा अनलाइनबाट टीका लाउने र दक्षिणा दिने अवस्था आउलाजस्तो छ । अघिल्लो वर्षको दशैँका लागि तँछाडमछाड गर्दै लाममा बसेर नयाँ नोट साटेका हात्तीवनका प्रतीक खनालले भन्नुभयो, “यसपालि नयाँ नोटको कुरा छाडौँ, सकुशल बस्न पाए हुन्थ्यो । ”
मुलुकमा कोरोना कहर सुरु भएयता नेपाल राष्ट्र बैङ्कले ‘सकेसम्म डिजिटल कारोबार गर्नू’ भनी दिएको बारम्बारको निर्देशन दशैँमा पनि लागू गर्नुपर्ने अवस्था अहिले देखिएको छ ।
कोरोना सन्त्रासका कारण सर्वसाधारणको मात्रै होइन विगतमा व्यवस्थित तरिकाले विभिन्न ठाउँमा ठूलै भीडभाडका साथ नयाँ नोट बाँड्ने गरेको नेपाल राष्ट्र बैङ्कले पनि यसपालि नयाँ नोट वितरणलाई साँघुरो बनाउने भएको छ ।
नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले विषम परिस्थितिमा विगतमा जस्तो तामझामसाथ नयाँ नोट वितरण गर्ने अवस्था नरहेको भन्दै यस विषयमा असोजभरमा आवश्यक निर्णय लिइने बताउनुभयो ।
यसपालि दशैँ आउन अझै समय रहेको हुँदा अहिले नै केही निर्णय लिने अवस्था नभएको भन्दै उहाँले कोरोनाको विषम परिस्थितिले के कस्तो अवस्था ल्याउँछ अझै हेर्न बाँकी रहेको जनाउनुभयो । त्यसकै आधारमा नयाँ नोट वितरण गरिने उहाँले बताउनुभयो । ‘फाट्टफुट्ट त बाँड्नैपर्ने हुन्छ तर पोहोर सालजस्तो हुँदैन । सकेसम्म सीमित गर्नुपर्ने हुन्छ’ उहाँको विचार छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार एक सय, पचास, पाँच सय र एक हजार रुपियाँका नयाँ नोट आइसकेका छन् । आगामी असोज १५ सम्म पाँच, दस र बीसका नोट आउने प्रक्रियामा रहेको जनाइएको छ तर कार्ककारी निर्देशक नेपालले भन्नुभयो, “ल्याउने हो अहिले सबै बन्द छ । निर्धारित समयभन्दा केही पछाडि जाला । ” दशैँसम्म एक हजार रुपियाँको समेत गरी ५० अर्ब रुपियाँ बराबरका नयाँ नोट आइसक्ने जानकारी उहाँले दिनुभयो ।
नोटको सुरक्षा गर्न आग्रह
पूजाआजा गर्दा तथा हरेक दिन मन्दिरमा गरिने पूजामा कागजी नोटको प्रयोग नगर्ने, नोटमा रातोलगायत विभिन्न रङको प्रयोग नगर्ने, फोहोर तथा चिसो हातले नोट नछुने, नोटलाई कच्याककुचुक गरेर नराख्ने, पर्समा राख्दा पनि पट्याएर सीधा बनाएर राख्न राष्ट्र बैङ्कले जोड दिँदै आएको छ ।
नेपाल राष्ट्र बैङ्कको सफा नोट नीतिमा उल्लेख भएअनुसार झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, कीराले खाएको, भिजेको, छपाइ बिग्रेको, नोटको अङ्क, अक्षर, चित्र तथा सुरक्षण व्यवस्था बिग्रिएको वा नबुझिने गरेको नोट चलनचल्तीमा ल्याउन पाइँदैन । त्यस्तै रङ लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको र पूर्वराजाको तस्बिर भएको नोट पनि चलनचल्तीमा ल्याउन नपाइने गत जेठमा संशोधित नीतिमा जनाइएको छ ।
बैङ्क तथा वित्तीय संस्थाले नोट सटही तथा भुक्तानी गर्नुपर्दा निश्चित प्रक्रिया अपनाई डिस्इन्फेक्ट अर्थात् जीवाणुरहित बनाउनुपर्ने पनि व्यवस्था छ । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर समूहका २३३ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । त्यस्तै २० वर्षभन्दा कम उमेरका २९ […]

बाँके । नेपालगन्ज रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख उपस्थितिमा बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेलद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा तत्काल मल आपूर्ति सुनिश्चित गर्न माग गर्दै आन्दोलनको चेतावनीसमेत […]

पर्सा । नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ। यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन, यो राजनीतिक इच्छाशक्ति, नीति निर्माणमा […]

error: Content is protected !!