२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

राष्ट्रिय जनमोर्चा दाङले घोराही १६ को वडा समिति गठन

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

सागर थापा
दाङ राष्ट्रिय जनमोर्चा दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा समिती गठन भएको छ । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष पहल र उपस्थितिमा वडा समिती गठन भएको हो । गठित समितिको अध्यक्षमा लेखराज राई, उपाध्यक्षमा नारायण पन्थी, सचिबमा दोर्णबहादुर चौधरी, सहसचिबमा जोरप्रसाद बुढा, कोषाध्यक्षमा धनिधर चौधरी र सदस्यहरुमा जीवन राई, शान्ती चौधरी, झनकुमार राई, रामकुमार चौधरी, ललुमाया राई , राजन पौडेल , रजिनकुमार राई, राजकुमार चौधरी रहेका छन् । लकडाउनको अबस्था र कोरोना भाइरसको सन्त्रास भैरहेको बेलामा भौतिक दुरी र स्वास्थ्य मापदण्ड अपनाउदै समिती गठन गरिएको जनमोर्चाका जिल्ला अध्यक्ष गणेश अाचार्यले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]