२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रदेश नम्बर ५. प्रहरीले २५९ जना प्रहरीहरु कारवाहीमा

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

सागर थापा
दाङ गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं ५ बाट २५९ प्रहरी कारवाहीमा परेका छन् । प्रहरीको आचरण, नीति र नियम विपरीत काम गर्नेलाई कारवाही गरिएको हो ।
प्रदेश नं ५ का कार्यालय तुल्सीपुर दाङका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजकुमार बैदवारका अनुसार नसिहतमा १२७, चालचलनसम्बधी प्रतिकूल रायमा पाँच, ग्रेड घटुवामा १४, ग्रेड रोक्कामा पाँच, शुरुस्केल घटुवामा दुई, पदोन्नति रोक्कामा १३, नोकरीबाट हटाइएकामा ३२, बर्खास्त गरिएकामा एक, निलम्बनमा सात , स्वतः निलम्बनमा नौ र सचेत गराइएकामा ४४ जना छन् ।
अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश नं ५ बाट १७६ प्रहरीलाई कारवाही गरिएको थियो । गत आवमा प्रदेश नं ५ बाट एक हजार प्रहरीलाई पुरस्कृत गरिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक बैदवारका अनुसार पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका १२७, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका १०५ जना रहेका छन् ।
यस्तै नवलपरासीका ४७, गुल्मीका ३७, पाल्पाका ३९, अर्घाखाँचीका ७३, दाङका ८५, बाँकेका १३२, बर्दियाका ८१, रोल्पाका ६७, प्युठानका १७ र रुकुम(पूर्व)का ५७ जना छन् ।
त्यस्तै ५ नं प्रदेश प्रहरी कार्यालय दाङका ५०, ५ नं प्रदेश तालीम केन्द्र बुटवलका आठ, ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तीन, ५ नं प्रदेश सशस्त्र प्रहरी गण खजुरा बाँकेका ३८ र ५ नं प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण बुटवलका २४ प्रहरीलाई पनि पुरस्कृत गरिएको छ ।
सिर्जनशील काम गरेको, तोकिएका ठाउँमा जिम्मेवारी पूरा गरेको, अनुसन्धानमा सफल भएको, लागुऔषध, कर्तव्य ज्यान, सवारी दुर्घटना, जबर्जस्ती करणी, हत्या, अवैध सामान र अवैध हातहतियारमा संलग्नलाई पक्राउ गर्न सफल प्रहरीलाई सम्मान गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!