१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

सागर थापा
दाङमा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट शान्तिनगर गाउँपालिका वडा नं. ४ गवदवा निवासी ५० बर्षीय आइते रोकाको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार शनिबार अपरान्त ४ बजेतिर तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प १०९४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाईते भएको उनको मृत्यु भएको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।

(एबिसि संचार ) कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

(एबिसि संचार )                                                                        हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने […]