२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बीपी कोइराला पब्लिक पोलिसीको प्रथम भेला सम्पन

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

ABC Sanchar महोत्तरी बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलिसीको प्रदेश दुईको प्रथम प्रादेशिक भेला महोतरीको बर्दिवास मा सम्पन भएको छ बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलीसीका प्रदेश दुई सभापति फिरोज आलमको सभापतित्वमा सम्पन कार्यक्रम मा आठ वटै जिल्ला मा प्रदेश समितिमा चयन भएका सम्पूर्ण लाइ टीका लगाउदै स्वागत गरेका थिए उक्त कार्यक्रम लाइ सम्बोधन गर्दै प्रदेश दुई सभापति फिरोज आलमले बीपी कोइराला नेपालका मात्र नभई विश्व कै नेता भएको बताए । विश्वमा नेपाली नेताको चर्चा हुँदा बीपी कोइराल को मात्र हुने गरेको बताए । बीपी कोइराला को समाजवादले नै गरिब निमुखा जनतालाई समेट्न सक्ने बताए । यसै क्रममा नेपाली कॉंग्रेस हिमाल पहाड तराई सबैको पार्टी भएको कुरा उल्लेख गरे । बीपी कोइराला ले त्यति बेला नै पर्शु नारायण चौधरी लाई भावी प्रधान मन्त्री भनेर घोषणा गरेका थिए । कॉंग्रेस ले मधेशीको छोरालाई राष्ट्रपति बनाएको कुरा समेत स्मरण गराए । त्यो सोच नेपाली कॉंग्रेस मा हिजो पनि थियो आज पनि छ भोली पनि रहनेछ । मधेशी दलले कालो दिवस मनाउन दिएको निर्देशन नैतिकता बिना को राजनीति भएको टिप्पणी गरे । उपेन्द्र यादब बारम्बार मधेशी जनतालाई धोका मात्र दिएको छ । त्यहि संविधान टेकेर मन्त्री बन्ने र त्यहि संविधान न माने यो केवल नाटक गरेको आरोप लगाए । त्यसैले नेपाली कॉंग्रेस ले मात्र मधेशीको मुदा सम्बोधन गर्ने बताए । उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष विकाश तिवारी, सह- सचिव सुरेन्द्र पौडेल लगाएत प्रदेश सदस्यहरु राहुल गुप्ता, रीता रीजाल, रमेश यादव सहभगिता रहेको थियो । कार्यक्रम सञ्चालन सस्थाका सचिव रोशन ठाकुर ले गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]