१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बाँके एसपी रानाको ठुलो सफलता मृत चित्तल र हतियारसहित दुईजना पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन २१, २०७७

(एबिसी क्राईम ब्युरो)
जिल्ला प्रहरी कार्यालय बाँकेले हातहतियार ओसारपसार गर्ने, जंगली जनावर मार्ने तथा शरिर बन्धक बनाउने जस्ता बभिन्न अपराधमा संलग्न रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
प्रहरीले मंगलबार विहान अबैध हातहतियार सहित दुई जनालाई, जंगली जनाबर मारेको अभियोगमा २ जना र शरिर बन्धक बनाउने कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
प्रहरीले नेपालगञ्ज उहानरपालिका वडा नं २० मनिकापुरका ६२ वर्षिय सलिम नाँउ र वडा नंं. १९ बसुदेबपुरका ३३ वर्षिय का ईब्राहिम बेहनालाई बाँकेको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरुवाबाट पक्राउ गरिएको जनाएको छ ।
अबैध हातहतियारको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटेको प्रहरी निरीक्षक बसन्त गौतम नेतृत्वको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा नाउ र बेहनालाईनाकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोली ५ थान बरामद भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
उनले दुबैजनाको साथबाट कटुवा पेस्तोल १÷१ वटा र सलिम नाँउले लगाएको स्टकोटको वाँया खल्तीमा रहेको कटवा पेस्तोलमा लाग्ने गोली ५ राउण्ड बरामद गरिएको छ ।
उनीहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिम मुद्धा चलाइने तयारी भएको छ । ५ बर्षसम्म कैद र ५० हजार रुपैयासम्म जरिवाना हुन सक्ने वा दुबै हुन सक्ने प्रावधान रहेको प्रहरी उपरिक्षक रानाले जानकारी दिए ।
यसैगरी प्रहरीले बाँकेको राप्तीसोनारी गाउँपालिका वडानं ६ मा जंगली जनावर चित्तल मार्ने दई जनालाई मरेको चित्तलसहित नियन्त्रणमा लिएको छ । राप्तीसोनारी–६ कुण्डाचोक स्थितमा जंगली जनावर चित्तल मारेको भन्ने सुचनाको आधारमा ईप्रका बनकट्टी र अस्थयी प्रहरी पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले बाँके डुडुवा गाउपालिका–४ राप्तीनदी पुलबाट स्थानीय २३ बर्षीय सामेला रोका र २८ बर्षका अन्जन हमाल पक्राउ परेका हुन् ।
उनीहरुले भे ८ प ५४६५ नम्वरको मोटरसाइकलमा मारेको चित्तल राखेर फत्तेपुरबाट नेपालगञ्जतर्फ ल्याउँदै गरेको अवस्थामा २६ कलो चित्तलको मासुसहित उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।
बरामद चितल जिल्ला बाँके राप्तीसोनारी ६ ढलैया वस्ने रामु ओलीबाट ११ हजारमा खरिद गरि ल्याएको उनीहरुले बयान दिएका प्रहरीले जनाएको छ । ओली भने फरार छन् । उनीहरुमाथि थप छानविन सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरु माथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ क बमोजिमको १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने छ ।
यसैगरी बाँके प्रहरीले मंगलबार नै दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका–७ का २१ बर्षिय मुकेश यादव, ५५ बर्षिय हरिराम अहिर र बढैयाताल–७ का ३५ बर्षिय अगलेश यादवलाई पक्राउ गरिएको हो ।
अगलेश यादव समेतका ब्यक्तिहरु घरमा आई पीडित नाबालिकालाई डर त्रास देखाई अपहरण गरी भारत उत्तर प्रदेश, जिल्ला गौतम बुद्द नगर, थाना बादलपुर, दुजानामा बन्धक बनाई राखेको खुलेको छ । बाँके प्रहरीबाट प्रहरी निरक्षिक हृदेश कुमार सापकोटाको टोलीले भारतिय प्रहरीसंग समन्वय गरि पीडित नाबालिकाको उद्दार गरी संलग्नलाई पक्राउ गरि अनुसन्धान भईरहेको एसपी रानाले जानकारी दिए ।
मुलुकी अपराध संहित ऐन २०७४ को अपहरण लिन नहुने महलको परिच्छेद १७ दफा २१४ बमोजिमको १० बर्षदेखि १५ बर्षसम्म कैद र १ लाखदेखि १ लाख ५० हजार रुपैयासम्म जरिवाना वा दुबै हुने कानुनी व्यवस्था छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]