१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

बाँके एसपी राना सडकमा QRT रिस्पोन्स टिम नेपालगन्जमा परिचालन

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

महेन्द्र सिंह
बाँके प्रहरीले चाडपर्वको समयमा जिल्लामा हुन सक्ने सम्भावित अपराधका घटना, लुटपाट तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पर्व विशेष सुरक्षा योजना अन्तरगत नेपालगञ्जमा १६ वटा मोटरसाईकल मार्फत ‘क्यूआरटी’ QRT रिस्पोन्स टिम परिचालन गरेको छ ।
जिल्लामा अपराध निराकरणको लागि घटना घटेको जानकारी पाउने वित्तिकै घटनास्थलमा पुग्नको लागि बाँके प्रहरीले नेपालगञ्जमा १६ वटा मोटरसाईकल मार्फत क्यूआरटी क्विक रिस्पोन्स टिम परिचालन गरेको जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले नेपालगञ्जको धम्बोझी चोकबाट सोमबार साँझ औपचारिक रुपमा क्यूआरटी क्विक रिस्पोन्स टिमलाई परिचालन गरेका हुन । उनले नेपालगञ्जमा १६ वटा र जिल्ला भरी ३० वटा मोटरसाईकलमा क्विक रिस्पोन्स टिम परिचालन हुने बताए ।
उनले भने–‘ घटना स्थलमा पुग्न सहज हुने भएको कारण मोटरसाईकलमा क्यूआरटी परिचालन गरिएको हो ।’ उनले पर्वको बेलामा विषेश सुरक्षा रणनीति अपनाउनको लागि क्विक रिस्पोन्स टिमलाई परिचालन गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]