०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

भालुबाङ लुम्वीनि प्रदेश राजधानी क्षेत्रको भुकम्पीय जोखीम मापन

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७

सन्तोष थापा क्षेत्री प्रदेश नम्बर ५ को राजधानीको ब्यवस्थापनको लागि विभिन्न अध्यन अनुगमन संगै त्रिभुवन विश्व विद्यालय भुगर्व शास्त्र केन्द्रिय विभागद्धारा राप्ती गाउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भुकम्पीय जोखीम मापन गरिएको हो ।
भुगर्भ शास्त्रि डाक्टर सुमन पन्थी, डाक्टर सुवेश घिमिरे र डाक्टर कमलाकान्त आचार्यको टोलिले ईलेक्ट्रीकल रेजिस्टीभीटी सर्भेको माभ्यमवाट दुई दिन लगाएर यस क्षेत्रको भौगोलोक अवस्थाको अध्यन तथा विभिन्न खाले कम्पन्नको सहनशिलताका वारेमा अध्यन गरिएकोे हो ।
लुम्वीनि प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदाहुने तरगंको कारण र अवस्थाका वारेमा अध्यन गरिएको टोलिका भुगर्व शास्त्री डाक्टर सुवेश घिमिरेले जानकारी दिए ।
हाम्रो तर्फबाट काम अघि बढिसकेको छ : प्रतिष्ठानका डिन बसन्त लामिछाने
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजि रबिन्द्र धानुकले ल्याए चाडपर्व विशेष सुरक्षा योजना
शास्त्री डाक्टर सुवेश घिमिरेले विगतको अवस्थालाई अध्यन गर्दा कुमाउ देखी पोखरा लमजुङ सम्मको क्षेत्रमा ठुलो भुकम्पीय धक्काको महसुस नगरिएको अवस्थामा यस क्षेत्रको भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पक्ता लगाउन अनुसन्धान गरिएको बताए ।
राप्ती तटिय जमिनको अवस्था र तराई, मधेष, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुदा राप्ती गउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भुकम्पीय जोखीम मापन पश्चात विश्व विद्यालयले सरोकार वालाहरुलाई जानकारी प्रवाह गर्ने तथा भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव प्रदान गर्ने भुगर्भ शास्त्रि डाक्टर सुमन पन्थीले जानकारी दिए ।
भुकम्पीय जोखीम मापनका लागि उच्च स्तरको भि यस ३० र रिजोनेश फ्रिक्युन्सीका मापनमा ११ वटा लो फ्रिक्युन्सी जीयोफोन को प्रयोग गरि सेस्मो ग्राफको माध्यमवाट धेरै टाढा वाट आउने पृथ्वीको कम्पनलाई पक्ता लगाउन यो विधाको प्रयोग गरेको शास्त्री डाक्टर सुवेश घिमिरेले बताउनु भयो ।
हिमालय क्षेत्रमा भारत महादिप ठाउँअनुसार हरेक बर्ष करीब दुइ देखि पाँच सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै जाने र हिमालयन प्लेटका आधारमा भुकम्पीय धक्काको अनुमान गर्न सकिनेहुदा यस क्षेत्रको अध्यन गरिएको टोलिका भुगर्व शास्त्री डाक्टर कमलाकान्त आचार्यले जानकारी दिए ।
लुम्विनी प्रदेशका लागि आगामी दिनमा ठुला भौतिक संरचना निर्माणहुने हुदा जमीनको भुबनौटको वारेमा जानकार हुनु आवस्यक रहेकोले आगामी दिनमा निर्माणहुने संरचना र जमीनको विचमा रहेको अन्तर सम्वन्धलाई बलियो बनाउन पनि यो अनुसन्धान गरिएको र आउन सक्ने प्रकोप बाढि, पहिरो, भुकम्प, हावाहुरि लगायतका प्रकोप संग जमिनले कस्तो प्रतिक्रिया आउछ भन्ने पक्ता लगाउन यो अनुसन्धानले सहयोग गर्ने भुगर्भ शास्त्रि डाक्टर सुमन पन्थीले बताए ।
लाखौं बर्ष पहिले भारत महादिप हालको स्थान भन्दा धेरै दक्षिणतर्फ अफ्रिका र अन्टार्टिका महादिपहरुको नजिकै रहेको र पछि भारत महादिप चलायमान हुंदै उत्तरपुर्व तर्फ बढ्दै आई एसियासंग तल पर्ने गरी ठोक्किन पुग्यो जसले गर्दा सगरमाथा लगायतका हिमालहरुको उत्पति भएको मानिदै आएको छ ।
पछिल्लो समय भारत महादिप यसरी अगि बढ्ने क्रम अझै पनि जारी रहेको छ । हिमालय क्षेत्रमा भारत महादिप ठाउँअनुसार हरेक बर्ष करीब दुइ देखि पाँच सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै गएको छ भन्ने कुरा जि पि एस ले नापिएको तथ्यांकले देखाउने अध्यनमा संलग्न टोलिले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!