३० साउन २०८३, शनिबार
15-08-2026 , Sat
×

नुवाकोट कुख्यात ठग रसोज तामाङ फर्दाफास दर्जनौं होटलमा ठगी धन्दा गर्दै प्रहरीको फरार सुचिमा

Logo
ABC (भन्डाफोर) प्रकाशित मंगलबार, भाद्र १७, २०८२

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा
(रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले ठगी गर्न सफल भएको छ ।बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा
(रसोज तामाङ) हुन् ।

कुन कुन होटलमा के कति ठगे त
(रसोज तामाङले ?

एबिसी सञ्चारका सञ्चालक एवं प्रधान सम्पादक थापाशीत मित्रताकाे नाटक गर्दै एबिसी संचारकै प्रेस कार्डको आडमा निज रसोज तामाङले होटलहरुमा ठगी गरेका केही विवरणहरु :आफूलाई एबिसी सञ्चारकाे स्टाफ बताउने रसाेज तामाङले मिडियाको प्रेस कार्डकाे दुरुपयोग गर्नुका साथै काठमाडौं,चितवन र बुटवल लगायत अरु शहरहरुमा पनि मेरो मदिराको ठूलाठूला डिलरहरु रहेको भनेर होटल व्यवसायीहरुलाई झुक्याएर ठगी गरे ।

नेपालगञ्जमा रहेको सिटी प्यालेस होटलमा ३ लाख ५० हजार ठगी गरेका छन् । नेपालगञ्जकै एउटा अर्को होटल दरब्याबाट ७० हजार रकम ठगेका छन् । त्यस्तै होटल शिबाय नेपालगञ्जमा ३९ हजार, अर्घाखाँची सातमाराकाे हाेटल सूर्यमा २८ हजार, लमहीको होटल सिद्धार्थमा ५० हजार ठगी गरेका हुन् ।दाङ घोराहीमा रहेको होटल मेजेष्टिकबाट १ लाख ३५ हजार,घोराहीकै होटल पौवाबाट ७० हजार बागबानी होमस्टेबाट ३१ हजार काठमाडौं सितापाईल होम स्टेबाट ५३ हजार काठमाडौं ठमेलबाट ५३ हजार नेपालगन्ज लामा होटलबाट १० हजार नेपालगन्ज सामर्थ इन होटलबाट २८ हजार ५०० बाँकेको राझा सगरमाथा होटलबाट १ लाख रकम ठगी गरेको पीडित होटल व्यावसायिहरुले बताएका छन् ।दाङ बाँके अर्घाखाँची नुवाकोट काठमाडौं लगायतको जिल्लाको प्रहरी कार्यालयहरुमा रसोज तामाङको नाममा दर्जनौं ठगीको उजुरी समेत परेको र हाल (रसोज तामाङ) नेपाल प्रहरीको (मुख्य फरार) सुचिमा रहेकोे छ ।काठमाडौं उपत्यका रानीपोखरी अपराध अनुसन्धान काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौं जिल्ला प्रहरी कार्यालय नुवाकोटले (रसोज तामाङ)लाई खोजी कार्य जारी राखेको काठमाडौं उपत्यका रानीपोखरीले जानकारी दिएको छ ।

समाचार पार्ट 2 आयो अब पार्ट 3 समाचार आउने क्रम जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]