२९ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

नुवाकोटको ठग रसाेज तामाङको कालो कर्तुत दर्जनौं ब्यक्तीहरुबाट लाखौं रकम ठगी गरेर फरार प्रहरीले खोज्दै ,

Logo
बिदुर एमसी प्रकाशित बुधबार, बैशाख १०, २०८२

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न ।


कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ?


देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै हिंड्ने रसोज तामाङ बागमती प्रदेश नुवाकोट जिल्लाका बासिन्दा हुन् ।

२०७७ साल दोस्रो कोरोना कालमा
अङ्कित डिसी मार्फत सागर थापा र महेन्द्र सिंहशीत रसोज तामाङको नेपालगञ्जमा जंकाभेटघाट र चिनाजानी भएको थियो ।

त्यसपछि हरेक हिसाबले सिपालु कुरा गर्ने कलामा पाेख्त भएको उनलेे सागर थापा र महेन्द्र सिंह सहितको परिवारलाई आफ्नो प्रभावमा पार्न सफल भए । अनि बिस्तारै घर परिवारमा घुलमिल भए जो सित पनि छिटो घुलमिल हुन सिपालु महिलाको जस्तो ब्याभार कुरा गर्न जानेको रसोज तामाङले थापा र सिंहको
घर परिवार र त्यस वरिपरिमा साथी भाइहरुमा आफ्नो राम्रो बिषालु विश्वास जमाउन सफल भए ।

रसोज तामाङले थापाको मोबाइल नम्बर फेसबुक वाटसप भाईभर दुरुपयोग गरेर विभिन्न जिल्ला र स्थानहरुमा चिर परिचीत मान्यजन ब्यक्तीहरुबाट पैसा मागेर ठगीको कारोबार सञ्चालन गर्ने उनको गुरुयोजना सुरुवात भयो ।

कहाँ को बाट के कति ठगेका थिए त रसोज तामाङले ?

नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, हाल तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ निवासी थापाको परिवार र ससुरालीबाट भाईलाई बिदेश पठाउने र बहिनीको बिवाहाको लागी भन्दै आफू अमेरिका जानलाई अफर लेटर आएको छ । भनेर देखाउदै पैसा सापत लिएर आफ्नो घर परिवारको नाममा र आफ्नो खातामा लाखौं रुपैया र सुनको गरगहना सहित ४४ लाख रकम ठगी गरेको छन ।

यस्तै बाँके जिल्ला नेपालगन्ज निवासी महेन्द्र सिंहको घर परिवारबाट साथीहरूबाट बहिनी बिरामी भएको र अप्रेसन गर्ने भनेर बहिनीको बिवाहा लागि सुनको गरगहना सहित २० लाख बराबरको रकम ठगी गरेका छ्न ।

महेन्द्र सिंहको दाइ उपेन्द्र प्रताप सिंहले रसोज तामाङको बहिनीको बिवाहाको लागि भनेर सुन र पैसा लगेको बिल र ईसेवा मोबाइल बेकिङ्ग गरेको प्रमाणहरु पनि सबै सुरक्षित छ। हाल रसोज तामाङ फरार रहेको पीडितहरुले जानकारी गराएका छन् ।

साथै पीडितहरुले बागमती प्रदेश प्रहरी काठमाडौं उपत्यका अपराध अनुसन्धानमा उजुरी पनि दिइसकेको र जिल्ला प्रहरी कार्यालय बाँके र दाङमा ठगीको उजुरी दिएको छन । रसोज तामाङले थापा र सिंहको परिवारलाई श्रावण महिनादेखि फागुन महिनासम्म पटकपटक फोन र मेसेज गरेर पीडितले आफुहरुसंग विभिन्न बहाना गरेर लगेको सुनको गरगहना पैसा माग्दा दिन्छु दिन्छु भन्दै मात्र तारेको (समाचार र प्रहरीमा) नजान भनेर झुलाएको झुलाई मोबाइलमा गरेको कुराकानी रेकर्ड भिडियो विभिन्न ब्याक्तीको चेक बैंकको कर्मचारीको भिडियो मेसेज वाटसपमा गरेको कुराकानी र अहिलेसम्म नदिएको झुठो बोलेका प्रमाणहरु सबै सुरक्षित रहेका छ्न । रसोज तामाङले जो जतिलाई खातामा ईसेवा मोबाइल बेकिङ्ग मार्फत पैसा पठाएको प्रमाणहरु लिएर प्रहरीमा उजुरी दिएर सबैलाई प्रहरीमा झिकाउने तयारी पीडितहरुले गरेका छ्न । रसोज तामाङसंग आर्थिक लेनदेनको कारोबारमा जो जो सङ्लन छन सबैलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएर कार्वाही गर्ने प्रहरीले जनाएको कानुनसंग जति भागे पनि एकना एक दिन प्रहरीले पक्राउ गरेर छाड्ने छ । रसोज तामाङलाई प्रहरीले चेक अनादर मुद्दामा पक्राउ पुर्जी पनि काटिसकेको छ प्रहरीले अहिले खोजी कार्य तीब्र पारेको छ ।

रसोज तामाङ हाल फरार रहेको छ्न विभिन्न जिल्लामा गएर घर परिवारमा मिठो र चिप्लो बोली बोल्ने रसोज तामाङ अहिले पनि कसैको घरमा ठगीको ठुलो जाल बिछ्याइएको होला कृपया यस्तो ब्यक्ती देखि होशियार हुनु होला केही संका लागेमा हुलिया सहित प्रहरीलाई खबर गर्नु होला ।

पार्ट 1. थप विभिन्न धेरै ठाँउमा ठग्दै गरेको समाचार क्रमश लगातार आउने क्रम जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!