३० साउन २०८३, शनिबार
15-08-2026 , Sat
×

नुवाकोटको ठग रसाेज तामाङको कालो कर्तुत दर्जनौं ब्यक्तीहरुबाट लाखौं रकम ठगी गरेर फरार प्रहरीले खोज्दै ,

Logo
बिदुर एमसी प्रकाशित बुधबार, बैशाख १०, २०८२

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न ।


कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ?


देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै हिंड्ने रसोज तामाङ बागमती प्रदेश नुवाकोट जिल्लाका बासिन्दा हुन् ।

२०७७ साल दोस्रो कोरोना कालमा
अङ्कित डिसी मार्फत सागर थापा र महेन्द्र सिंहशीत रसोज तामाङको नेपालगञ्जमा जंकाभेटघाट र चिनाजानी भएको थियो ।

त्यसपछि हरेक हिसाबले सिपालु कुरा गर्ने कलामा पाेख्त भएको उनलेे सागर थापा र महेन्द्र सिंह सहितको परिवारलाई आफ्नो प्रभावमा पार्न सफल भए । अनि बिस्तारै घर परिवारमा घुलमिल भए जो सित पनि छिटो घुलमिल हुन सिपालु महिलाको जस्तो ब्याभार कुरा गर्न जानेको रसोज तामाङले थापा र सिंहको
घर परिवार र त्यस वरिपरिमा साथी भाइहरुमा आफ्नो राम्रो बिषालु विश्वास जमाउन सफल भए ।

रसोज तामाङले थापाको मोबाइल नम्बर फेसबुक वाटसप भाईभर दुरुपयोग गरेर विभिन्न जिल्ला र स्थानहरुमा चिर परिचीत मान्यजन ब्यक्तीहरुबाट पैसा मागेर ठगीको कारोबार सञ्चालन गर्ने उनको गुरुयोजना सुरुवात भयो ।

कहाँ को बाट के कति ठगेका थिए त रसोज तामाङले ?

नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, हाल तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ निवासी थापाको परिवार र ससुरालीबाट भाईलाई बिदेश पठाउने र बहिनीको बिवाहाको लागी भन्दै आफू अमेरिका जानलाई अफर लेटर आएको छ । भनेर देखाउदै पैसा सापत लिएर आफ्नो घर परिवारको नाममा र आफ्नो खातामा लाखौं रुपैया र सुनको गरगहना सहित ४४ लाख रकम ठगी गरेको छन ।

यस्तै बाँके जिल्ला नेपालगन्ज निवासी महेन्द्र सिंहको घर परिवारबाट साथीहरूबाट बहिनी बिरामी भएको र अप्रेसन गर्ने भनेर बहिनीको बिवाहा लागि सुनको गरगहना सहित २० लाख बराबरको रकम ठगी गरेका छ्न ।

महेन्द्र सिंहको दाइ उपेन्द्र प्रताप सिंहले रसोज तामाङको बहिनीको बिवाहाको लागि भनेर सुन र पैसा लगेको बिल र ईसेवा मोबाइल बेकिङ्ग गरेको प्रमाणहरु पनि सबै सुरक्षित छ। हाल रसोज तामाङ फरार रहेको पीडितहरुले जानकारी गराएका छन् ।

साथै पीडितहरुले बागमती प्रदेश प्रहरी काठमाडौं उपत्यका अपराध अनुसन्धानमा उजुरी पनि दिइसकेको र जिल्ला प्रहरी कार्यालय बाँके र दाङमा ठगीको उजुरी दिएको छन । रसोज तामाङले थापा र सिंहको परिवारलाई श्रावण महिनादेखि फागुन महिनासम्म पटकपटक फोन र मेसेज गरेर पीडितले आफुहरुसंग विभिन्न बहाना गरेर लगेको सुनको गरगहना पैसा माग्दा दिन्छु दिन्छु भन्दै मात्र तारेको (समाचार र प्रहरीमा) नजान भनेर झुलाएको झुलाई मोबाइलमा गरेको कुराकानी रेकर्ड भिडियो विभिन्न ब्याक्तीको चेक बैंकको कर्मचारीको भिडियो मेसेज वाटसपमा गरेको कुराकानी र अहिलेसम्म नदिएको झुठो बोलेका प्रमाणहरु सबै सुरक्षित रहेका छ्न । रसोज तामाङले जो जतिलाई खातामा ईसेवा मोबाइल बेकिङ्ग मार्फत पैसा पठाएको प्रमाणहरु लिएर प्रहरीमा उजुरी दिएर सबैलाई प्रहरीमा झिकाउने तयारी पीडितहरुले गरेका छ्न । रसोज तामाङसंग आर्थिक लेनदेनको कारोबारमा जो जो सङ्लन छन सबैलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएर कार्वाही गर्ने प्रहरीले जनाएको कानुनसंग जति भागे पनि एकना एक दिन प्रहरीले पक्राउ गरेर छाड्ने छ । रसोज तामाङलाई प्रहरीले चेक अनादर मुद्दामा पक्राउ पुर्जी पनि काटिसकेको छ प्रहरीले अहिले खोजी कार्य तीब्र पारेको छ ।

रसोज तामाङ हाल फरार रहेको छ्न विभिन्न जिल्लामा गएर घर परिवारमा मिठो र चिप्लो बोली बोल्ने रसोज तामाङ अहिले पनि कसैको घरमा ठगीको ठुलो जाल बिछ्याइएको होला कृपया यस्तो ब्यक्ती देखि होशियार हुनु होला केही संका लागेमा हुलिया सहित प्रहरीलाई खबर गर्नु होला ।

पार्ट 1. थप विभिन्न धेरै ठाँउमा ठग्दै गरेको समाचार क्रमश लगातार आउने क्रम जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]