प्रकशित मिति : १ कार्तिक २०७७, शनिबार ०८:३५

महेन्द्र सिंह                                                       बर्दियाको बासगढी नगरपालिकामा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । साथै मोटरसाइकल चालक गम्भीर घाइते भएका छन ।
पूर्वपश्चिम राजमार्गमा पर्ने बासगढी नजिकै भे १ प ८०४३ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको जनाईएको छ । ट्रक प्रहरी नियन्त्रणमा रहेको छ ।
ठाकुरबाबा नगरपालिका वडा नं. ९ कि अन्दाजी २६ बर्ष की लालि थारुको शुक्रबार घटना स्थलमै मृत्यु भएको हो ।
उक्त घटना सम्बन्धित निकायको चरम लापरबाही भएको स्थानीयहरुको गुनासो रहेको छ । मुख्य सडकमा विभिन्न ठाउँ ठाउँमा खाल्डाखुल्डी हुँदा पनि समयमै मर्मत नहुदा यस्ता घटना दिनहुँ घटी रहने सर्वसाधारणको भनाइ रहेको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com