२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भालुवाङमा टिप्परले साइकललाई ठक्कर दिदा महिलाको मृत्यु

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

बिदुर एमसी
दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ स्थित टिप्परले ठक्कर दिदा एक महिलाको ज्यान गएको छ भने अर्का एक जना पुरुष गम्भीर घाइते भएका छन ।
ज्यान जानेमा गढवा गाउँपालिका वडा नम्बर १ जुराउनीका २४ वर्षीया जमुना कुमाल रहेकी छन भने ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्। मृतक महिला र घाइते पुरुष बाबू छोरी रहेको बुझिएको छ ।आइतवार दिउँसो एकबजे पश्चिमबाट पूर्वबाट तर्फ जादै गरेको रात १ त २०२१ नम्बरको टिप्परले बाबुछोरी सवार रहेको साइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते जमुनाको उपचारका लागि लमहीतर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभएको छ । घाइते कुमाललाई बुटवल रिफर गरिएको छ भने शवलाई स्वास्थ्य चौकी लालमटियामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]