१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

भालुवाङमा टिप्परले साइकललाई ठक्कर दिदा महिलाको मृत्यु

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

बिदुर एमसी
दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ स्थित टिप्परले ठक्कर दिदा एक महिलाको ज्यान गएको छ भने अर्का एक जना पुरुष गम्भीर घाइते भएका छन ।
ज्यान जानेमा गढवा गाउँपालिका वडा नम्बर १ जुराउनीका २४ वर्षीया जमुना कुमाल रहेकी छन भने ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्। मृतक महिला र घाइते पुरुष बाबू छोरी रहेको बुझिएको छ ।आइतवार दिउँसो एकबजे पश्चिमबाट पूर्वबाट तर्फ जादै गरेको रात १ त २०२१ नम्बरको टिप्परले बाबुछोरी सवार रहेको साइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते जमुनाको उपचारका लागि लमहीतर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभएको छ । घाइते कुमाललाई बुटवल रिफर गरिएको छ भने शवलाई स्वास्थ्य चौकी लालमटियामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।

(एबिसि संचार ) कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

(एबिसि संचार )                                                                        हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने […]