१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

बाँके प्रहरी घटना भएको ठाँउमा तत्काल पुग्छ एसपी: राना

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

महेन्द्र सिंह  बाँके                                                 प्रहरीले चार्डपर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजनाअन्तर्गत घटना भएको थाहा पाएको ३० सेकेन्डमा मुभ हुने गरी ‘क्यूआरटी’ (क्वीक रेस्पोन्स टीम) परिचालन गरेको छ ।
नेपालगञ्जको धम्बोझीचोक र कोहलपुरको चौराहामा बेस बनाएर क्यूआरटी परिचालन हुने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताए । घटना भएको थाहा पाएको ३० सेकेन्डमै मुभ हुने गरी धम्बोझीचोकमा १२ वटा मोटरसाइकल र एउटा भ्यान स्टेन्डवाई राखिएको छ । एसपी रानाका अनुसार, जिल्लाभरीमा ३६ वटा मोटरसाइकल यसरी स्टेन्डवाई राखिएको छ ।
‘घटना भएको थाहा पाएको ३० सेकेन्डमा मोटरसाइकल मुभ हुन्छ । प्रहरी भ्यान एक मिनेटमा मुभ हुन्छ, एसपी रानाले भन्नुभयो, धम्बोझीमा एउटा अर्को भ्यान पीडितको उद्धार गर्नका लागि राखिएको छ ।’
बाँके प्रहरीले चाडबाड लक्षित विभिन्न योजनाहरु सार्वजनिक गरिसकेको छ । त्यसअन्तर्गतको क्यूआरटीको परिचालनको मंगलबारदेखि धम्बोझीमा उद्घाटन गरिएको बाँके प्रहरी प्रमुख एसपी रानाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]