२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्युठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

सन्तोष थापा क्षेत्री
प्यूठानमा बस स्टार्ट नभएपछि मानिसहरूले धकेलेर स्टार्ट गर्न खोज्दा बस खोल्सामा खसेपछि चालकको मृत्यु भएको छ।
मंगलबार बिहान साढे ९ बजेतिर प्यूठानको माण्डवी गाउँपालिका १ गोलवाङमा दाङतर्फ आउँदै गरेको बस ना ४ ख ५५६१ नम्बरको बस स्टार्ट नभएपछि गाडीका सहचालक र एक जना प्यासेन्जरले धकेलेर स्टार्ट गर्न खोजेका थिए।
त्यही क्रममा बस गुडे पनि स्टार्ट नभएपछि सिधै खोल्सामा खसेर दाङ घोराही निवासी चालक तारा रानाको घटनास्थलमै मृत्यु भएको प्यूठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले सेतोपाटीलाई बताए।
डिएसपी मल्लले राना आफैं गाडीधनी पनि रहेको भन्ने खुल्न आएको जानकारी दिए।
‘प्यूठानदेखि दाङ जान खोजेको बस स्टार्ट नभएपछि गाडीका सहचालक र एक जना प्यासेन्जर मिलेर धकलेछन्,’ डिएसपी मल्लले भने, ‘त्यही क्रममा गाडी ओरालोमा गुडे पनि स्टार्ट भने भएनछ र गाडी सोझै गएर भिरबाट खस्दा चालकको घटनास्थलमै मृत्यु भयो।’
स्टार्ट नभएपछि ब्रेकले काम नगर्दा बस सोझै खोल्सामा खसेको हुन सक्ने मल्लले बताए।
चालक तथा गाडी धनी रानाको शव दुर्घटनास्थलको झन्डै १२ मिटरमुनि फेला परेको डिएसपी मल्लले बताए।
डिएसपी मल्लका अनुसार बसमा जम्मा तीन जना यात्रु मात्रै थिए।
प्यूठानको माण्डवी गाउँपालिका वडा नं. १ तिराम निवासी ४५ वर्षीया लक्ष्मी खत्री, ६६ वर्षीय गोकर्ण अधिकारी र दाङको बंगलाचुली गाउँपालिका निवासी ३० वर्षीया बसन्ता बिक घाइते भएका प्रहरीले जानकारी दिएको छ।
घाइतेहरू सबैलाई उपचारका लागि दाङतर्फ पठाइसकेको डिएसपी मल्लले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]