२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

झापा मोरङ र सुनसरीबाट १४ लाख बराबरको तस्करीको सामान पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

बिवेक गाहा  झापा                                          विराटनगर मोरङ र सुनसरीबाट गरी १४ लाख मूल्य बराबरको तस्करीको सामान बरामद भएको छ । चाडपर्व नजिकिएसँगै सीमा क्षेत्रबाट भइरहेको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार एकैदिन ११ लाख रुपैयाँ मूल्य बराबरको तस्करीको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले ११ लाख मुल्य बराबरको अतिसबाजी (पटका), खाधान्न तथा लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।
भारतीय सीमा क्षेत्रमा खटिएको प्रहरी टोली तथा विशेष सुराकका आधारमा मोरङको कटहरी-४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार रुपैया बराबरको खाधान्न सामानहरु बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट सीमा क्षेत्रमा खटिएको प्रहरी टोलीले ३ लाख बराबरको पटाका तथा खाधान्न लगायत सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
यता जिल्ला प्रहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याएका खाधान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरुप तथा कानुन विपरित अवैध रुपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरुप विशेष कदम चालिएसंगै यसरी अवैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाइँदै आइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]