१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

५ हजार घुससहित मालपोत कार्यालय दैलेखबाट २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

भावना हमाल
मालपोत कार्यालय दैलेखमा ५ हजार रुपैयाँ घुससहित २ जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १ जना मालपोत कार्यालय दैलेखकका खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढा छन् । पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले खरिदार खनाल र लेखापढी व्यवसायी बुढालाई पक्राउ गरेको हो । जग्गा नामसारीमा सहजीकरण गरिदिने भन्दै खरिदार खनालले सेवाग्राहीसँग घुस माग गरिरहेका थिए । उनले घुस रकम बुझ्नका लागि लेखापढी व्यवसायी बुढालाई परिचालन गरेका थिए ।
सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा खनाल र बुढालाई मालपोत कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!