२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै कृष्णनगर नाका

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

प्रिन्स मिश्रा  कपिलवस्तु ,                                    मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषधको तस्करी बढेको छ र हाल कृष्णनगर नाका लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ l
कृष्णनगरको अस्थाई प्रहरी पोस्ट – लिंकगेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले ३ किलाे अफिम बरामद गरेकाे छ।
दिउंसाे एक बजेका समय लिङकगेट स्थित डिउटिमा खटिएको अस्थाई प्रहरी पोस्ट ( लिंक गेट ) का प्रहरी नायब निरीक्षक
रेशम बाहदुर जि.सी. समेतको प्रहरी टोलीले नेपाल-भारत आवत जावत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ पैदल जाँदै गरेका बर्ष ३५ का लाले भन्ने लाल बहादुर खत्रीकाे झाेलामा ६ प्याकेटमा ३ किलो अफिम बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
प्रहरीले सोधपुछ गर्दा जिल्ला रुकुम पश्चिम वाफिकोट गाउंपालिका वडा ८ दुली बस्ने खत्रीकाे शरीर चेकजाँच गर्न लाग्दा प्रहरीलाई धक्का दिई झोला छाेडेर भारत तर्फ भागेका नायब निरीक्षक रेशम बहादुर जीसीले जानकारी दिनुभएको छ ।
प्रहरी टोलीले पिछा गर्दै जाँदा खत्री नेपाल-भारत दशगजा पार गरी भारत तर्फ दौडिदै जाने क्रममा भारतिय सिमा सुरक्षा बल ( SSB ) को डिउटी टोलिले नियन्त्रणमा लिई शरिर चेकजाँच गर्दा कम्मरको भागमा समेत ४ प्याकेट अफिम समातिएकाे भारतीय संचारकर्मीहरुले बताएका छन । केही दिन देखि कृष्णनगर नाका लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएकाले प्रहरीलाई टाउकाे दुखाई बनेकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।