२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु दुईजना घाइते

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

बिबेक गाहा
मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा बुधबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई राति ११ः४५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहीबार बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् । अनुपमाको विराटनगरको नोबेल शिक्षण अस्पताल र सुमित्राको सुकुना सामुदायिक अवस्था विराटचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]