०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

सशस्त्र प्रहरी बाँकेले भन्सार छली नेपाल ल्याइदै गरेको लाखौंको समान पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

महेन्द्र सिंह बाँके                                                    सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले भारतबाट लुकाईछिपाई ल्याइरहेको अवस्थामा ३२१ जोर अवैध जुत्ता र ४ वटा तस्करीमा प्रयोग भएका साईकल बरामद गरेको हो।
सशस्त्र प्रहरी सहायक निरीक्षक भाटको टोलीले आज बिहान ३ बजे नेपालगन्जको वडा नम्बर १५ नयाँ बस्तीबाट २३४ जोर सेनथेटिक जुत्ता, ८७ जोर स्पोर्ट्स जुत्ता र ४ थान साइकल बरामद गरेको हो। अवैध सामन बरामद गरेपनि तस्करहरु भने साईकल छोडेर भारततर्फ भागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएका जुत्ता र तस्करीमा प्रयोग भएका साईकलको मुल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ। बरामद गरिएका सबै अवैध सामाग्रीलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बाँकेमा एसपी अशोक बम आएदेखी सशस्त्र प्रहरीले सिमामा बिशेष निगरानी राख्दै अवैध ओसारपसारका सामाग्रीलाई बरामद गर्दै आएको छ। यस्तै यसअघि सशस्त्र प्रहरी बाँकेका एसपी दिपक अधिकारीले पनि आफ्नो कार्यकालमा सोचे भन्दा बढी राजस्व सरकारको खातामा जम्मा गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]