२२ भाद्र २०८३, सोमबार
07-09-2026 , Mon
×

सशस्त्र प्रहरी बाँकेले भन्सार छली नेपाल ल्याइदै गरेको लाखौंको समान पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

महेन्द्र सिंह बाँके                                                    सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले भारतबाट लुकाईछिपाई ल्याइरहेको अवस्थामा ३२१ जोर अवैध जुत्ता र ४ वटा तस्करीमा प्रयोग भएका साईकल बरामद गरेको हो।
सशस्त्र प्रहरी सहायक निरीक्षक भाटको टोलीले आज बिहान ३ बजे नेपालगन्जको वडा नम्बर १५ नयाँ बस्तीबाट २३४ जोर सेनथेटिक जुत्ता, ८७ जोर स्पोर्ट्स जुत्ता र ४ थान साइकल बरामद गरेको हो। अवैध सामन बरामद गरेपनि तस्करहरु भने साईकल छोडेर भारततर्फ भागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएका जुत्ता र तस्करीमा प्रयोग भएका साईकलको मुल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ। बरामद गरिएका सबै अवैध सामाग्रीलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बाँकेमा एसपी अशोक बम आएदेखी सशस्त्र प्रहरीले सिमामा बिशेष निगरानी राख्दै अवैध ओसारपसारका सामाग्रीलाई बरामद गर्दै आएको छ। यस्तै यसअघि सशस्त्र प्रहरी बाँकेका एसपी दिपक अधिकारीले पनि आफ्नो कार्यकालमा सोचे भन्दा बढी राजस्व सरकारको खातामा जम्मा गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]

दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट ११ बोरा अवैध पटाका बरामद गरी ३ जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३/०५/१९ गते राति सञ्चालन गरिएको विशेष कारबाहीका क्रममा तुलसीपुर उपमहानगरपालिका–५, नामेनगरस्थित एक किराना पसलको गोदामबाट ५ बोरा ठूला र ३ बोरा […]

दाङ । केही समयअघि देखिएको ग्यास अभावले सर्वसाधारणको दैनिकी अत्यन्त कष्टकर बनेको थियो। ग्यास पाउने आशामा मानिसहरू पानी, घाम र थकानको पर्वाह नगरी तीन–तीन दिनसम्म लाइनमा बस्न बाध्य थिए। ग्यास आउँछ कि भन्ने आशामा दिनरात प्रतीक्षा गर्दा कतिपय ग्राहकका सिलिन्डरसमेत हराएका गुनासाहरू आएका थिए। यस्तो अव्यवस्थित र पीडादायी अवस्थाबाट सर्वसाधारणलाई मुक्त गर्न घोराही बनाउँ अभियानका […]