१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

तुल्सीपुर स्थित त्रिसिद्देश्वरी कालिका मन्दिरमा चोरी

Logo
प्रकाशित शुक्रबार, कार्तिक २१, २०७७

तेज वली
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिसिद्देश्वरी मन्दिर (कालीका) मा चोरी भएको छ । गएराति मन्दिरमा रहेका ६ वटा दान पेटिका फोडेर पेटिकामा रहेको दान रकम चोरी भएको मन्दिर व्यबस्थापन समितिका सचिब होमराज शर्माले बताए ।
२/३ दिन अघि पेटिकामा भएका सबै पैसा हामीहरुले निकालेका थियौं, त्यसले गर्दा धेरै पैसा थिएन्, तीन दिनमा बढि भएको भए त्यही ५/७ हजार हुदो हो’, उनले भने‘त्यो पैसा चोरी भएछ ।’
मन्दिरमा चारजना पुजारी बस्ने भएपनि रातिमा कसरी चोरी भयो भन्ने विषयमा कुनै पनि जानकारी नपाएको सचिब शर्माले बताए । उनका अनुसार यस विषयमा प्रहरीलाई खबर गरेको उनको भनाई छ । मन्दिरमा यस अघि पनि पटक-पटक चोरी हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]