१२ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

काठमाडौंमा स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक २१, २०७७

(ABC क्राईमबिट)
काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय व्यास गुप्ता रहेका छन् ।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!