०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

झापामा कोरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाए

Logo
प्रकाशित शुक्रबार, कार्तिक २१, २०७७

बिबेक गाहा
झापा कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए ।
उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५५८ कोडिभ-१९ का संक्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।
पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईँले बताए ।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य […]

error: Content is protected !!