०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

पार्टी एकताको स्वागत गर्दै नेताहरुले भने: ‘अब पुराना कुरा भुलेर अघि बढौं’

Logo
प्रकाशित शनिबार, जेठ ०५, २०७५

रमेश गिरी,५ जेठ

ने.क.पा.एमाले र माअाेवादी केन्द्रबीच पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी निमार्ण गरेकाे उपलक्ष्यमा प्युठान नगरपालिका वडा न.९ का नेता तथा कार्यकर्ताहरूले चियापान कार्यक्रम सम्पन्न गरेका छन । दुवै पार्टीका समर्थकहरुले एकता प्रकृयाकाे स्वागत गर्दै एक विशेष कार्यक्रमका साथमा खुसी मनाएका हुन।यहि जेष्ट ३ गते अाैपचारिक रूपमा दुवै पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी निमार्ण भएकाे खुसीयालीमा मरन्ठानामा उक्त एकता स्वागत कार्यक्रम भएकाे हाे ।
उक्त स्वागत तथा चियापान कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले मरन्ठाना जस्ताे कम्युनिष्टहरूकाे उर्वरभूमिमा पार्टी एकताकाे खुसीयाली बाँडन पाउँदा अाफुलाई गाैरव अनुभूति भएकाे बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कक्षपतीले राजनैतिक रूपमा ठुलै प्रगति भएकाे र अब अार्थिक परिवर्तनमा लाग्नु पर्ने समय अाएकाे बताउनु भयाे । मरन्ठानाकाे धगे, मरेङ्ग र पातिहाल्ना जस्ता ठाउँमा पानीकाे असुविधा रहेकाे स्मरण गराउदै नगरपालिकाले यी ठाउँका जनताकाे मर्म बुझेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयाे ।उक्त एकता समायाेजन कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले पार्टी एकताले काम गर्ने जाेस र जाँगर वढेकाे स्मरण गराउदै राजभण्डारीले अबकाे ४ वर्ष भित्र नमुना काम गरेर देखाउने कुरा वताउनु भयाे ।कार्यक्रममा बाेल्दै वडा न. ९ का वडा अध्यक्ष नेहरसिंह केसीले मरन्ठानामा रहेका हामी कम्युनिष्टहरू विच पहिला पनि मैत्रिपुर्ण सम्बन्ध रहेकाे र भावी दिनमा पनि पार्टि एकता नभएका कम्युनिष्ट वा अन्य पार्टिका नेता तथा कार्यकर्तासंग मिलेर काम गर्ने बताउनु भयाे । बाेम बहादुर भण्डारी, दिन बहादुर भण्डारी, दिन बहादुर जिसी,टेकुलाल गिरी लगायतका नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले पहिलाका राम्रा नराम्रा सबै कुरा विर्सेर भावीदिनमा असली कम्युनिष्ट व्यवहार देखाउन सबै नेता तथा कार्यकर्ता लाग्नु पर्ने कुरालाई जाेड दिदै एकता पछिका सम्भावना र चुनाैतिहरूकाे बारेमा अा-अाफ्ना भनाई राख्नु भएकाे थियाे ।मरन्ठानाका वडा न.९ का सयाै नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति थियाे भने कार्यक्रमकाे संचालन दिपेन्द्र केसीले गर्नु भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!