३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

पार्टी एकताको स्वागत गर्दै नेताहरुले भने: ‘अब पुराना कुरा भुलेर अघि बढौं’

Logo
प्रकाशित शनिबार, जेठ ०५, २०७५

रमेश गिरी,५ जेठ

ने.क.पा.एमाले र माअाेवादी केन्द्रबीच पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी निमार्ण गरेकाे उपलक्ष्यमा प्युठान नगरपालिका वडा न.९ का नेता तथा कार्यकर्ताहरूले चियापान कार्यक्रम सम्पन्न गरेका छन । दुवै पार्टीका समर्थकहरुले एकता प्रकृयाकाे स्वागत गर्दै एक विशेष कार्यक्रमका साथमा खुसी मनाएका हुन।यहि जेष्ट ३ गते अाैपचारिक रूपमा दुवै पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी निमार्ण भएकाे खुसीयालीमा मरन्ठानामा उक्त एकता स्वागत कार्यक्रम भएकाे हाे ।
उक्त स्वागत तथा चियापान कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले मरन्ठाना जस्ताे कम्युनिष्टहरूकाे उर्वरभूमिमा पार्टी एकताकाे खुसीयाली बाँडन पाउँदा अाफुलाई गाैरव अनुभूति भएकाे बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कक्षपतीले राजनैतिक रूपमा ठुलै प्रगति भएकाे र अब अार्थिक परिवर्तनमा लाग्नु पर्ने समय अाएकाे बताउनु भयाे । मरन्ठानाकाे धगे, मरेङ्ग र पातिहाल्ना जस्ता ठाउँमा पानीकाे असुविधा रहेकाे स्मरण गराउदै नगरपालिकाले यी ठाउँका जनताकाे मर्म बुझेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयाे ।उक्त एकता समायाेजन कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले पार्टी एकताले काम गर्ने जाेस र जाँगर वढेकाे स्मरण गराउदै राजभण्डारीले अबकाे ४ वर्ष भित्र नमुना काम गरेर देखाउने कुरा वताउनु भयाे ।कार्यक्रममा बाेल्दै वडा न. ९ का वडा अध्यक्ष नेहरसिंह केसीले मरन्ठानामा रहेका हामी कम्युनिष्टहरू विच पहिला पनि मैत्रिपुर्ण सम्बन्ध रहेकाे र भावी दिनमा पनि पार्टि एकता नभएका कम्युनिष्ट वा अन्य पार्टिका नेता तथा कार्यकर्तासंग मिलेर काम गर्ने बताउनु भयाे । बाेम बहादुर भण्डारी, दिन बहादुर भण्डारी, दिन बहादुर जिसी,टेकुलाल गिरी लगायतका नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले पहिलाका राम्रा नराम्रा सबै कुरा विर्सेर भावीदिनमा असली कम्युनिष्ट व्यवहार देखाउन सबै नेता तथा कार्यकर्ता लाग्नु पर्ने कुरालाई जाेड दिदै एकता पछिका सम्भावना र चुनाैतिहरूकाे बारेमा अा-अाफ्ना भनाई राख्नु भएकाे थियाे ।मरन्ठानाका वडा न.९ का सयाै नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति थियाे भने कार्यक्रमकाे संचालन दिपेन्द्र केसीले गर्नु भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!