२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

सल्यानमा शनिवार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

(तेज वली) दाङ                                         तुल्सीपुरबाट रोल्पाको सुख्खा ओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।
दुर्घटनामा परि ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भीमबहादुर वली,सोही ठाउँका १७ वर्षीय भीमराज बुढा र गंगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीमा सवार अन्य पाँच जना भने सकुशल छन् ।
बेलुका अन्दाजी पौने ६ वजे जीप दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको सल्यान प्रहरी प्रबक्ता प्रहरी निरीक्षक वलीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]