२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सशस्त्र प्रहरी जयसपुर बिओपीले २ लाख २० हजारको अवैध सामाग्री पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरीले नेपालगन्जको वडा नम्बर १६ मा रहेको सिमा नाकाबाट भारतबाट लुकाईछिपाई ल्याउदै गरेका अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बलको जयसपुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवार राईको कमान्डमा गएको टोलीले गएराती साढे १० बजे भारतबाट ल्याउदै गरिएका २ लाख १९ हजार ५०० रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।सशस्त्र प्रहरी निरीक्षक सुनुवार राईको कमान्डको टोलीले मोटरसाइकलमा लाग्ने ५५ थान ब्याट्री,बजाज मोबिल २० थान, १ बोरा बच्चाको खेलौन,खसी ३ वटा,३ पोका पानको पात, मोटरसाइकलमा प्रयोग हुने २ थान हेडलाईट,मोटरसाइकलको टेल्पाइनर १ सेट, मोटरसाइकलको भाइजर १ थान,मोटरसाइकलमा प्रयोग हुने मिटर कभर १ थान,र २० कार्टुन बल्भ जस्ता अवैध सामाग्री बरामद गरेको हो। बरामद गरिएका अवैध सामाग्रीलाई आजै भन्सार कार्यालय नेपालगन्ज पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।