२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गैँडा मर्न थालेपछि नयाँ रणनीति अपनाउँदै चितवन राष्ट्रिय निकुञ्जले

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

करुणा श्रेष्ठ
चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि पुनः तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज नयाँ रणनीतिका साथ संरक्षणमा जुटेको छ । गत साउन यता मात्र चोरी शिकारीबाट चार गैँडा मारिएका छन्।
यसै अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउन थालिएको हो।
निकुञ्जले चोरी शिकार नियन्त्रणका लागि तिहार अघिनै तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर निकुञ्ज विभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा पठाउँदै छ।
वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीको निर्देशनमा तत्काल योजना निर्माण गर्न लागिएको हो । योजना वनेपछि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गरिने ओलीले आश्वासन दिएका छन।
बरालले भने, “हामी योजना वनाएर संरक्षणमा जुटेका छौ ।” बीचको समयमा चोरी शिकार बन्द भएसँगै कतिपय संरचना भत्किएकाले पुनः पूर्ववत अवस्थामा फर्काएर चोरी शिकार नियन्त्रणमा निकुञ्ज जुटेको छ।
बरालले निकुञ्ज भित्र कडाइसाथ गस्ती, बाहिर सुराक सञ्जालको व्यापक प्रयोग र नेपाल प्रहरीको अपराध अनुसन्धान व्यूरोसँग सहकार्य गरेर प्रविधिको प्रयोग गरी चोरी शिकारी नियन्त्रण अभियान गरिन लागेको जानकारी दिए।
निकुञ्जका सम्वेदनशील क्षेत्रमा स्विप अप्रेसन शुरु गरिएको छ भने पुरै निकुञ्जलाई आफ्नो नियन्त्रणमा रहने गरी गस्ती गरिएको छ । पैदल, डुङ्गा, साईकल, मोटरसाईकल, गाडी, हात्तीबाट निगरानी गरिदैँ आइएको छ । हाल निकुञ्जमा ४६ वटा पोष्ट रहेका छन्।
सङ्कटकालको समयमा तस्करी बढेका बेला पोष्टको सङ्ख्या ५२ पु¥याइएको थियो । निकुञ्जले पोष्ट थप गर्ने योजना वनाएको छ । बरालले मध्यवर्तीका वासिन्दाहरुसँग सहकार्य गरी सुराक सञ्जाललाई चुस्त बनाउन लागिएको जानकारी दिए।
वि।सं। २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारे यता प्राकृतिक कारणले मात्र मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए । यस वर्ष तस्करका कारण मरेका चार गैँडा फेला परेसँगै मन्त्रालयको समेत ध्यानाकर्षण भएको हो ।
सन् २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ गैँडा रहेका छन्।
यस मध्ये गैँडाको मुख्य वासस्थान चितवनमा मात्रै ६ सय ५ गैँडा भेटिएका थिए । निकुञ्जमा सवै भन्दा वढी गैँडा आर्थिक वर्ष २०५८÷०५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैँडा मध्ये ३७ वटा चोरी शिकारीले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।
यस आर्थिक वर्षमा निकुञ्जमा गैँडा गणना गरिदै छ । गत वर्ष गणना गर्ने अन्तिम तयारीमा कोरोना सङ्क्रमण बढेपछि रोकीएको थियो।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]