२७ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

गैँडा मर्न थालेपछि नयाँ रणनीति अपनाउँदै चितवन राष्ट्रिय निकुञ्जले

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

करुणा श्रेष्ठ
चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि पुनः तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज नयाँ रणनीतिका साथ संरक्षणमा जुटेको छ । गत साउन यता मात्र चोरी शिकारीबाट चार गैँडा मारिएका छन्।
यसै अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउन थालिएको हो।
निकुञ्जले चोरी शिकार नियन्त्रणका लागि तिहार अघिनै तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर निकुञ्ज विभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा पठाउँदै छ।
वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीको निर्देशनमा तत्काल योजना निर्माण गर्न लागिएको हो । योजना वनेपछि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गरिने ओलीले आश्वासन दिएका छन।
बरालले भने, “हामी योजना वनाएर संरक्षणमा जुटेका छौ ।” बीचको समयमा चोरी शिकार बन्द भएसँगै कतिपय संरचना भत्किएकाले पुनः पूर्ववत अवस्थामा फर्काएर चोरी शिकार नियन्त्रणमा निकुञ्ज जुटेको छ।
बरालले निकुञ्ज भित्र कडाइसाथ गस्ती, बाहिर सुराक सञ्जालको व्यापक प्रयोग र नेपाल प्रहरीको अपराध अनुसन्धान व्यूरोसँग सहकार्य गरेर प्रविधिको प्रयोग गरी चोरी शिकारी नियन्त्रण अभियान गरिन लागेको जानकारी दिए।
निकुञ्जका सम्वेदनशील क्षेत्रमा स्विप अप्रेसन शुरु गरिएको छ भने पुरै निकुञ्जलाई आफ्नो नियन्त्रणमा रहने गरी गस्ती गरिएको छ । पैदल, डुङ्गा, साईकल, मोटरसाईकल, गाडी, हात्तीबाट निगरानी गरिदैँ आइएको छ । हाल निकुञ्जमा ४६ वटा पोष्ट रहेका छन्।
सङ्कटकालको समयमा तस्करी बढेका बेला पोष्टको सङ्ख्या ५२ पु¥याइएको थियो । निकुञ्जले पोष्ट थप गर्ने योजना वनाएको छ । बरालले मध्यवर्तीका वासिन्दाहरुसँग सहकार्य गरी सुराक सञ्जाललाई चुस्त बनाउन लागिएको जानकारी दिए।
वि।सं। २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारे यता प्राकृतिक कारणले मात्र मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए । यस वर्ष तस्करका कारण मरेका चार गैँडा फेला परेसँगै मन्त्रालयको समेत ध्यानाकर्षण भएको हो ।
सन् २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ गैँडा रहेका छन्।
यस मध्ये गैँडाको मुख्य वासस्थान चितवनमा मात्रै ६ सय ५ गैँडा भेटिएका थिए । निकुञ्जमा सवै भन्दा वढी गैँडा आर्थिक वर्ष २०५८÷०५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैँडा मध्ये ३७ वटा चोरी शिकारीले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।
यस आर्थिक वर्षमा निकुञ्जमा गैँडा गणना गरिदै छ । गत वर्ष गणना गर्ने अन्तिम तयारीमा कोरोना सङ्क्रमण बढेपछि रोकीएको थियो।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको स्रोतले जनाएको छ। केसीले एआईजीमा बढुवा भएको एक महिनामै राजीनामा दिएका हुन्। उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस […]

काठमाडौं । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले प्रदेश अन्तर्गत रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा कार्यरत जिल्ला ट्राफिक प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । सोही क्रममा उहाँले जिल्लाहरुको ट्राफिक व्यवस्थापनको अवस्था […]

error: Content is protected !!