१९ फाल्गुण २०८०, शनिबार
02-03-2024 , Sat
×

दाङको लमहीमा ट्रकको ठक्करवाट एक महिलाको मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(ABC Sanchar) दाङ लमही आइतवार विहान ६ बजेतिर लमही नगरपालिका वडा नं. १ नर्तीमा ना ६ ख ४६७ नम्वरको ट्रकले ठक्कर दिदा अन्दाजी ४० बर्षीया एक महिलाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
गम्भीर घाइते ती महिलालाई लमही अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । यो खवर तयार पार्दासम्म मृतकको सनाखद हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
महिलालाई ठक्कर दिएर भागेको उक्त ट्रकलाई प्रहरीले लमही ९ रिहारस्थित चेक प्वाइन्टवाट विहान ७ बजेतिर नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । ट्रक विराटनगरवाट महेन्द्रनगर तर्फ जाँदै गरेको थियो । मृतकको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                           तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।सोमबार बिहान बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ […]

(एबिसि संचार )                                         पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा […]

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।