२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नमुना काम गर्दै जनताको प्यारो बने सुनिल स्मृती-४ का वडाअध्यक्ष क्षेत्री ।।

Logo
प्रकाशित मंगलबार, जेठ ०८, २०७५

मनिषा राई ÷ रोल्पा ज्येष्ठ ८
पूर्वि रोल्पाको सुनिल स्मृति गाउपालिका नयाँ सोचका साथ अगाडी बढ्दै गाउपालिका कै एक नमुना वडा बन्दै गएको छ । यसैक्रममा सुनिल स्मृति गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरु भएको छ । बिकसीत सुचना प्रविधी संगै गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरुवात गरिएको हो । परम्परागत प्रणालीलाई बिस्थापित गर्दै आधुनिक प्रविधिलाई अंगाल्न थालिएको छ ।
निर्बाचित भए देखि नै आफ्नो वडा लाई नमुना वडा बनाउने लक्ष्य लिएर अगाडी बढेका सुनिल स्मृति गाउपालिका ४ का वडाअध्यक्ष गन्ज बहादुर क्षेत्रीले परम्परागत प्रणालीका कारण समयको बरबादी संगै बिस्वस्नीयता पनि कम हुने भएकोले गाउँपालिका अन्तरगतका कर्मचारीहरुका लागि इ एटेन्डेन्स सुरुवात गरिएको बताउनुभयो । वडामा बिभिन्न बिकास निर्माणका कार्य संगसंगै संस्थागत कार्यमा पनि क्षमता भएका वडाअध्यक्ष क्षेत्रीले वडा कार्यालय लगायत आफ्ना वडा भित्र पर्ने सरकारी कार्यालयहरुलाई पनि डीजिटलमय बनाउनुभएको छ । दुई महिना अगाडी मात्र स्थानीय तह मै पहिलो पटक डीजिटल नागरिक वडापत्र द्वारा जनतालाई सुचना दिदै आएको उक्त कार्यालयमा कर्मचारीका लागि डिजिटल हाजिरी प्रणाली समेत जडान गरिएको छ । यसका साथै सूचना आदान प्रदान गर्नको लागि सोही अनुसारको प्रविधी समेत बनाइएको छ ।
यस्तै बिकास निर्माणका कार्यहरुमा वडा नं. ४ को कार्यालय गाउपालिका को कार्यालय भन्दा धेरै अगाडी रहेको छ । यसै गरि वडा कार्यालयको साथै प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरको ब्यबस्थापन समितिको अध्यक्ष्य समेत रहनुभएको वडाअध्यक्ष क्षेत्रीले स्वास्थ्य संस्थामा पनि धेरै सुधार ल्याउनुभएको छ । आर्थिक कारोबारलाइ छिटो छरितो र पारदर्सी बनाउनको लागि छरिएको प्रणालीलाई ल्याव, फार्मेसी र ओपिडिको हिसाब एकद्वार प्रणालीवाट संचालन गर्न हस्पितल सफटोयर समेत जडान गरिएको छ । आगामी दिनमा बिधुतिय हाजिरि प्रणाली वडाका सम्पूर्ण बिद्यालयमा समेत राख्ने र इन्टरनेट पनि उपलब्ध गरिने योजना रहेको समेत वडाअध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

आ.व २०७४÷०७५ को लागि वडाबाट विनियोजित रकमहरुको करिब ८०५ योजनाहरु सम्पन्न भैसकेको र बाँकी योजनाकाका कामहरु पनि तिब्र रुपले अगाडी बढिरहेका छन् भने अब आ.व २०७५÷०७६ को लागि टोल टोलबाट योजनाहरु ल्याउन र जनताका कामहरु छिटो छरितो सम्बोधन गर्न तीनवटा कलष्टर बनाई वडा सदस्यहरुलाई परिचालित गरिएको छ । सुनिल स्मृति गाउपालिका मा रहेको ८ वटा वडामध्ये सबैको नजर परेको वडा नं.४, युवा र पढेलेखेको वडाध्यक्ष भएकोले पनि नया सोचाइका साथ बिकास निर्माणका कामसंगै अन्य वडाको तुलनामा अगाडि रहेको स्थानियहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]