०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

कपिलवस्तु प्रहरीले एक सातामा बुझायो १६ लाख बराबरको समान भन्सार चलान ।

Logo
प्रकाशित मंगलबार, जेठ ०८, २०७५

कपिलवस्तु (राघवेन्द्र चौबे )
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सिमा क्षेत्रमा हुने तस्करीलाई रोक्न कडाई गरेको छ । कपिलवस्तु जिल्लामा सरुवा भई आएका प्रहरी उपरिक्षक मनोज कुमार यादवले भंसार छलीमा कडाई गर्ने सहितका अपराध नियन्त्रणका लागी गरेका बिभिन्न प्रतिबद्धता गरेको हुन। कपिलवस्तु प्रहरीले एक साताको अबधीमा भंसार छलीका १६ लाख १९ हजार ९ सय ४० रुपैया बराबरका सामाग्री भंसार चलान गरेको हो । भंसार चलान गरिएका सामाग्रीमा शुद्धोधन गाँउपालिका ५ दोहनीमा भारत तर्फ १ सय २० बोरा स्याउ लैजादै गरेको लु २ च १५८४ नम्बरको पिकअप समेत रहेको छ । केहि दिन अघि बरामद टायल्स बोकेको टयाक्टर, खाधान्न,मेसिनरी उपकरण, लत्ताकपडा र घरायसी प्रयोजनका सामाग्री भंसार चलान गरिएको छ । प्रहरीले मर्यादपुर सहितका नाकाबाट बरामद सामाग्री लिलामी प्रक्रियाका लागी कृष्णनगर भंसार कार्यालयमा बुझाएको छ ।
आफुले सिमा क्षेत्रमा हुने भंसार छली र तस्करीको घटना रोक्न गरेको प्रतिबद्धता अनुरुप सिमा क्षेत्रमा कडाई गरिएको प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताए । उनले आम नागरिकले सिमा क्षेत्रबाट बिभिन्न सामाग्री खरिद गरि ल्याउदा समेत नियमानुसारको भंसार बुझाउन आग्रह गरे ।भंसार छली र तस्करीलाई प्रोत्साहन हुने कुनै पनि गतिबिधी हुन दिने छैनौ नागरिकस्तरबाट समेत तस्करीलाई प्रोत्साहन हुने गतिबिधीलाई सहयोग नगर्न अनुरोध गरेको हुन I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]