०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

कपिलवस्तु प्रहरीले एक सातामा बुझायो १६ लाख बराबरको समान भन्सार चलान ।

Logo
प्रकाशित मंगलबार, जेठ ०८, २०७५

कपिलवस्तु (राघवेन्द्र चौबे )
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सिमा क्षेत्रमा हुने तस्करीलाई रोक्न कडाई गरेको छ । कपिलवस्तु जिल्लामा सरुवा भई आएका प्रहरी उपरिक्षक मनोज कुमार यादवले भंसार छलीमा कडाई गर्ने सहितका अपराध नियन्त्रणका लागी गरेका बिभिन्न प्रतिबद्धता गरेको हुन। कपिलवस्तु प्रहरीले एक साताको अबधीमा भंसार छलीका १६ लाख १९ हजार ९ सय ४० रुपैया बराबरका सामाग्री भंसार चलान गरेको हो । भंसार चलान गरिएका सामाग्रीमा शुद्धोधन गाँउपालिका ५ दोहनीमा भारत तर्फ १ सय २० बोरा स्याउ लैजादै गरेको लु २ च १५८४ नम्बरको पिकअप समेत रहेको छ । केहि दिन अघि बरामद टायल्स बोकेको टयाक्टर, खाधान्न,मेसिनरी उपकरण, लत्ताकपडा र घरायसी प्रयोजनका सामाग्री भंसार चलान गरिएको छ । प्रहरीले मर्यादपुर सहितका नाकाबाट बरामद सामाग्री लिलामी प्रक्रियाका लागी कृष्णनगर भंसार कार्यालयमा बुझाएको छ ।
आफुले सिमा क्षेत्रमा हुने भंसार छली र तस्करीको घटना रोक्न गरेको प्रतिबद्धता अनुरुप सिमा क्षेत्रमा कडाई गरिएको प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताए । उनले आम नागरिकले सिमा क्षेत्रबाट बिभिन्न सामाग्री खरिद गरि ल्याउदा समेत नियमानुसारको भंसार बुझाउन आग्रह गरे ।भंसार छली र तस्करीलाई प्रोत्साहन हुने कुनै पनि गतिबिधी हुन दिने छैनौ नागरिकस्तरबाट समेत तस्करीलाई प्रोत्साहन हुने गतिबिधीलाई सहयोग नगर्न अनुरोध गरेको हुन I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!